About us

नेपाल शेर्पा संघको परिचय

नेपालको हिमाली तथा उच्च पहाड लगायत विभिन्न भू–भाग तथा विदेशमा समेत वसोवास गरिहेका शेर्पा आदिवासी जनजातिको पहिचानजन्य बौद्ध धर्म, भाषा, लिपी, संस्कृती, भेषभूषा, हकहित, अधिकार तथा लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको संरक्षण र सम्बद्र्धन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनातर्फ अघि बढ्न तथा सामाजिक, आर्थिक, बौद्धिक, समुन्तीसँगै राष्ट्रोन्नतीमा योगदान पुर्याउनका लागि सामूहिक तथा संगठीत रुपमा प्रयन्तशील रही समय सापेक्ष संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तहमा नेपाल शेर्पा संघको गठन भएको हो । 

२०४८ सालमा स्थापना भएको संघले सामाजिक, आर्थिक, सांस्कृतिक जागरणका साथै राजनैतिक अधिकार प्राप्तिमा भूमिका खेल्ने र शेर्पा समुदायलाई राजनैतिक चेतनाले यूक्त बनाउन भूमिका खेल्ने छ । 

यो संघ शेर्पा समुदायको एकमात्रै राष्ट्रिय संगठनको रुपमा रहेको छ भने प्रवासमा रहेका शेर्पाहरुलाई समेत यसले एकताबद्ध बनाउँदै अघि बढेको छ । 


उद्देश्य र नीति

क) शेर्पा भाषा, लिपी, साहित्य, कला, बौद्धधर्म र संस्कृतीको अध्ययन अनुसन्धान गरी त्यसको संरक्षण, सम्बद्र्धन, सुधार गर्दै यसको एक रुपता कायम गर्ने । 

ख) शेर्पा समुदायको शैक्षिक, बौद्धिक, सामाजिक आर्थिक तथा सर्वाङ्गीण विकासको लागि उपर्यूक्त  वातावरण तयार गर्ने । 

ग) राष्ट्र भित्र वा बाहिरका समान उद्देश्य राख्ने विभिन्न जाति, जनजाति वा समुदायको संघको संघ संस्थाकोसँग सुमधुर सम्वन्ध कायम गर्ने र समान हकहितको लागि सहकार्य गर्ने । 

घ) संयूक्त राष्ट्र संघद्धारा प्रतिपादित मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्र तथा विभिन्न अन्तर्राष्ट्रिय सभा, सम्मेलन र धार्मिक तथा सांस्कृतिक अहधिकार प्राप्तीको लागि कार्य गर्ने । 

ङ) अत्याधिक वातावरण परिवर्तनबाट प्रभावित हिमाली समुदायको निमित्त वातावरण संरक्षण र अनुकुलनका कार्यक्रमहरु सञ्चालन गर्ने गराउने । 

च) कुनैपनि हिंसा र आतंक विरुद्ध रही समाज, राष्ट्र र विश्व शान्तिको लागि कार्य गर्ने । 

छ) राष्ट्रिय अखण्डता, स्वतन्त्रता एवं राष्ट्रको समुन्नतीका लागि संस्थागत योगदान पुर्याउन र देशमा आइपर्ने दैवी प्रकोप जस्ता विपद्हरुमा संगठीत रुपमा सहयोग पुर्याउने । 

ज) शेर्पा जाति माथि समुदायगत रुपमा गरिने हरेक शोषण, दमन, विभेद र अन्यायको विरुद्धमा आवाज उठाउने । 

झ) शेर्पा समुदायको भाषिकm धार्मिक र सांस्कृतिक प्रबद्र्धनका साथै राजनीतिक, सामाजिक र आर्थिक विकासको लागि चेना अभिबृद्धि गर्ने । 

ञ) शेर्पाहरुको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरुको खोज अनुसन्धान तथा अभिलेखिकरण गर्ने गराउने । 

ट) शेर्पाहरुको अध्यायन अनुसन्धानका निम्ति पुस्तकालय स्थापना तथा सञ्चालन गर्ने गराउने । 

ठ) शेर्पाहरुको पहिचान झल्कने संग्रहालय स्थापना गर्ने । 

ड) बौद्धदर्शन शिक्षा मार्फत एक अनुशासित, इमान्दार, नैतिक, चरित्रवान नागरिक तयार गर्दै सभ्य समाजको निर्माण गर्ने । 

ढ) शेर्पा समुदायको मानसिक तथा शारीरिक विकासको निम्ती बौद्ध परम्परा अनुसार योग, ध्यान, अचार, विचारको अबलम्बन गराउने । 

ण) शेर्पा समुदायको शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चितताका निम्ती अल्पकालीन तथा दीर्घकालिन कार्यक्रमहरु सञ्चालन गर्ने पहल गराउने । 

त) शेर्पा समाजमा महिला शसक्तिकरण तथा लैंगिक समानताको निम्ती सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने । 

थ) विश्वको विभिन्न देशको छरिएर रहेको शेर्पा जाति र सम्बन्धित संघ संस्थाहरुसँग समन्वय कायम गरी भाषा, धर्म, संस्कृतिमा एकरुपता ल्याउन पहल गर्ने गराउने । 

द) शेर्पा समुदायको सामाजिक, आर्थिक, धार्मिक सांस्कृतिक तथा अन्य कार्यक्रममा मितव्ययिता कायम गर्ने गराउने । 

५) संघको उद्देश्य प्राप्त गर्न गर्न गरिने कार्यहरु

क) संघले प्रचलित नेपाल कानून बमोजिम अनुमति वा इजाजत प्राप्त गरी मात्र उपरोक्त उद्देश्य कार्यान्वयन गर्नेछ । 

ख) सङ्घलाई आवश्यक पर्ने भवन निर्माण तथा खरीद गर्ने वा भाडामा वा लिजमा लिनेछ साथै आवश्यकता अनुसार जग्गा खरिद वा प्राप्त गरी भवन निर्माण गर्नेछ ।  

ग) सघलाई आवश्यक पर्ने कम्प्यूटर, टेलिफोन, टाइपराइटर, फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरीद गर्ने वा भाडामा लिई प्रयोग गर्नेछ ।

घ) संघलाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा निजको सेवा शर्तहरु निर्धारण गर्नेछ । 

ङ) संघमा प्राप्त रकम वैक खाता सञ्चालन गरी वंैकमा जम्मा गर्नेछ । 

च) संघले गरेको अध्ययन, अनुसन्धान तथा प्रतिवेदनलाई प्रकाशन गर्ने गराउनेछ । 

छ) संघसँग समवन्धित अन्य विषयहरु