Bidhan

   प्रस्तावना

नेपालको हिमाली तथा उच्च पहाड लगायत विभिन्न भू–भाग तथा विदेशमा समेत वसोवास गरिहेका शेर्पा आदिवासी जनजातिको पहिचानजन्य बौद्ध धर्म, भाषा, लिपी, संस्कृती, भेषभूषा, हकहित, अधिकार तथा लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको संरक्षण र सम्बद्र्धन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनातर्फ अघि बढ्न तथा सामाजिक, आर्थिक, बौद्धिक, समुन्तीसँगै राष्ट्रोन्नतीमा योगदान पुर्याउनका लागि सामूहिक तथा संगठीत रुपमा प्रयन्तशील रही समय सापेक्ष संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तहमा नेपाल शेर्पा संघको गठन तथा विस्तार गरी सञ्चालन गर्न बाञ्छनीय भएकाले नेपालको संविधान २०७२ को प्रचलित कानून बमोजिम नेपाल शेर्पा संघको संशोधित विधान २०७५ तर्जुमा गरी लागू गरिएको छ । 

परिच्छेद –१

प्रारम्भिक

१ संघको नाम, ठेगाना, प्रारम्भ र अस्तित्व

क) यस संघको नाम शेर्पा भाषामा               ) नेपाली भाषामा ‘नेपाल शेर्पा संघ’ र अंग्रेजी भाषामा                ) रहनेछ । यसलाई छोटकरीमा           ) भनिनेछ । 

ख)  संघको संघीय कार्यालय काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.६ मा रहने छ ।

ग) संघको संशोधित विधान २०७५ विशेष साधारणसभाद्धारा पारित भई सम्बन्धित निायबाट स्वीकृती प्राप्त भएपछि प्रारम्भ हुनेछ । 

घ) संघको अस्तित्वः

 १) यो संघ नेपाल राष्ट्रभरका शेर्पाहरुको एक मात्र राष्ट्रिय स्तरको विशुद्ध बैधानिक सामाजिक संस्था हुनेछ । 

२) यो संघ एक अविछिन्न उत्तराधिकारवाला संगठीत संस्था हुनेछ । 

३) यस संघले व्यक्ति सरह चल–अचल सम्पती प्राप्त गर्न, भोग गर्न, हक हस्तान्तरण गर्न सक्नेछ । 

४) यस संघले व्यक्ति सरह पत्रचार गर्न, नालिस उजूर गर्न र प्रतिवाद गर्न सक्नेछ । 

२) परिभाषा, विषय वा प्रसंघले अर्को अर्थ नलागेमा यस विधानमाः

क) विधान भन्नाले नेपाल शेर्पा संघको विधान र यसका संशोधन भएमा सोलाई समेत जनाउने छ । 

ख) सदस्य भन्नाले नेपाल शेर्पा संघको सबै तहका सदस्यहरु र पदाधिकारीहरु समेतलाई जनाउनेछ । 

ग) पदेन सदस्य भन्नाले विधानले भातृसंगठन भनी तोकेको संस्थाको अध्यक्ष र निवर्तमान अध्यक्ष समेतलाई जनाउनेछ । पदेन सदस्य संघको सबै तहमा हुनेछ । 

घ) अधिवेशन भन्नाले ३ बर्षमा संघीय तहमा हुन महाधिवेशन, प्रदेश, जिल्ला र स्थानीय स्रतमा हु्ने अधिवेशन तथा विशेष अधिवेशन समेत सम्झनुपर्छ । 

ङ) तोकिएको वा तोकिए बमोजिम भन्नाले यस विधान र यस विधान अन्तर्गत बनेका नियमहरुमा तोकिएको कुराहरुलाई जनाउनेछ । 

च) कार्यसमिति भन्नाले संघीय, प्रदेश, जिल्ला र स्थानीय तहका अधिवेशनले गठन गरेको कार्यसमितिलाई जनाउनेछ । 

छ) सभा भन्नाले संघीय, प्रदेश, जिल्ला र स्थानीय सभालाई जनाउनेछ । 

ज) सचिवालय भन्नाले कार्य समिले गर्ने संघको दैनिक कार्य सञ्चालन र रेखदेख समेत गरी संघको गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने गरी यस विधान बमोजिम गठीत सचिवालयलाई जनाउने छ ।

झ) साधारणसभा भन्नाले संघको बार्षिक साधारणसभालाई जनाउनेछ । 

ञ) विशेष साधारणसभा भन्नाले संघको विशेष साधारणसभालाई जनाउनेछ । 

ट) नियम विनियम भन्नाले संघको कार्य सञ्चालनका लागि विधान बमोजिम तर्जुमा गरिएका संघको नियम विनियमलाई जनाउनेछ । 

 ठ)  ऐन वा प्रचलीत कानून भन्नाले संस्था दर्ता ऐन २०३४ लाई जनाउने छ । 

ड) पदाधिकारी भन्नाले संघको संघीय, प्रदेश, जिल्ला र स्थानीय पदाधिकारीहरुलाई जनाउनेछ । 

ढ) सम्वन्धित निकाय भन्नाले जिल्ला प्रशासन कार्यालयलाई जनाउने छ । ्

ण) कार्यालय भन्नाले संघको कार्यालाई जनाउनेछ । 

३) संघको सपथ ग्रहण, प्रमाणपत्र, प्रतिक चिन्ह र छाप

क) सपथ ग्रहण भन्नाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष मण्डलको अध्यक्ष वा निवार्चित अध्यक्षले अनुसूचि १ अनुसार गराउने सपथलाई जनाउने छ । 

ख) प्रमाणपत्र भन्नाले निर्वाचित वा मनोनित पदाधिकारी वा सदस्यलाई अध्यक्ष मण्डलको अध्यक्ष र सचिवले अनुसूचि २ र ३ अनुसार दिइने प्रमाणपत्रलाई जनाउने छ । 

ग) यस संघको प्रतीक चिन्ह सेता पृष्ठभूमिमा पाँच लाइनको गोलो आकार, त्यस आकारभित्र पाँच वटा हिमालबाट सूर्य उदायको र त्यसको ठीक तल वीचमा बज्र र घण्टी क्रस गरेको हुनेछ । प्रतीक चिन्हको नमुना अनुसूचि ४ अनुसार हुनेछ । 

घ) यस संघको छाप गोलकारको वीचमा बौद्धधर्म चक्र अंकित र सोमा संघको नाम तथा सम्वन्धित समितिको स्तर, नाम र पहिलोे गठन साल समेत उल्लो भएको हुनेछ छापको नमुना अनुसूची ५ अनुसार हुनेछ । 

परिच्छेद २

उद्देश्य, नीति र कार्य

४) उद्देश्य र नीति

क) शेर्पा भाषा, लिपी, साहित्य, कला, बौद्धधर्म र संस्कृतीको अध्ययन अनुसन्धान गरी त्यसको संरक्षण, सम्बद्र्धन, सुधार गर्दै यसको एक रुपता कायम गर्ने । 

ख) शेर्पा समुदायको शैक्षिक, बौद्धिक, सामाजिक आर्थिक तथा सर्वाङ्गीण विकासको लागि उपर्यूक्त  वातावरण तयार गर्ने । 

ग) राष्ट्र भित्र वा बाहिरका समान उद्देश्य राख्ने विभिन्न जाति, जनजाति वा समुदायको संघको संघ संस्थाकोसँग सुमधुर सम्वन्ध कायम गर्ने र समान हकहितको लागि सहकार्य गर्ने । 

घ) संयूक्त राष्ट्र संघद्धारा प्रतिपादित मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्र तथा विभिन्न अन्तर्राष्ट्रिय सभा, सम्मेलन र धार्मिक तथा सांस्कृतिक अहधिकार प्राप्तीको लागि कार्य गर्ने । 

ङ) अत्याधिक वातावरण परिवर्तनबाट प्रभावित हिमाली समुदायको निमित्त वातावरण संरक्षण र अनुकुलनका कार्यक्रमहरु सञ्चालन गर्ने गराउने । 

च) कुनैपनि हिंसा र आतंक विरुद्ध रही समाज, राष्ट्र र विश्व शान्तिको लागि कार्य गर्ने । 

छ) राष्ट्रिय अखण्डता, स्वतन्त्रता एवं राष्ट्रको समुन्नतीका लागि संस्थागत योगदान पुर्याउन र देशमा आइपर्ने दैवी प्रकोप जस्ता विपद्हरुमा संगठीत रुपमा सहयोग पुर्याउने । 

ज) शेर्पा जाति माथि समुदायगत रुपमा गरिने हरेक शोषण, दमन, विभेद र अन्यायको विरुद्धमा आवाज उठाउने । 

झ) शेर्पा समुदायको भाषिकm धार्मिक र सांस्कृतिक प्रबद्र्धनका साथै राजनीतिक, सामाजिक र आर्थिक विकासको लागि चेना अभिबृद्धि गर्ने । 

ञ) शेर्पाहरुको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरुको खोज अनुसन्धान तथा अभिलेखिकरण गर्ने गराउने । 

ट) शेर्पाहरुको अध्यायन अनुसन्धानका निम्ति पुस्तकालय स्थापना तथा सञ्चालन गर्ने गराउने । 

ठ) शेर्पाहरुको पहिचान झल्कने संग्रहालय स्थापना गर्ने । 

ड) बौद्धदर्शन शिक्षा मार्फत एक अनुशासित, इमान्दार, नैतिक, चरित्रवान नागरिक तयार गर्दै सभ्य समाजको निर्माण गर्ने । 

ढ) शेर्पा समुदायको मानसिक तथा शारीरिक विकासको निम्ती बौद्ध परम्परा अनुसार योग, ध्यान, अचार, विचारको अबलम्बन गराउने । 

ण) शेर्पा समुदायको शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चितताका निम्ती अल्पकालीन तथा दीर्घकालिन कार्यक्रमहरु सञ्चालन गर्ने पहल गराउने । 

त) शेर्पा समाजमा महिला शसक्तिकरण तथा लैंगिक समानताको निम्ती सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने । 

थ) विश्वको विभिन्न देशको छरिएर रहेको शेर्पा जाति र सम्बन्धित संघ संस्थाहरुसँग समन्वय कायम गरी भाषा, धर्म, संस्कृतिमा एकरुपता ल्याउन पहल गर्ने गराउने । 

द) शेर्पा समुदायको सामाजिक, आर्थिक, धार्मिक सांस्कृतिक तथा अन्य कार्यक्रममा मितव्ययिता कायम गर्ने गराउने । 

५) संघको उद्देश्य प्राप्त गर्न गर्न गरिने कार्यहरु

क) संघले प्रचलित नेपाल कानून बमोजिम अनुमति वा इजाजत प्राप्त गरी मात्र उपरोक्त उद्देश्य कार्यान्वयन गर्नेछ । 

ख) सङ्घलाई आवश्यक पर्ने भवन निर्माण तथा खरीद गर्ने वा भाडामा वा लिजमा लिनेछ साथै आवश्यकता अनुसार जग्गा खरिद वा प्राप्त गरी भवन निर्माण गर्नेछ ।  

ग) सघलाई आवश्यक पर्ने कम्प्यूटर, टेलिफोन, टाइपराइटर, फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरीद गर्ने वा भाडामा लिई प्रयोग गर्नेछ ।

घ) संघलाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा निजको सेवा शर्तहरु निर्धारण गर्नेछ । 

ङ) संघमा प्राप्त रकम वैक खाता सञ्चालन गरी वंैकमा जम्मा गर्नेछ । 

च) संघले गरेको अध्ययन, अनुसन्धान तथा प्रतिवेदनलाई प्रकाशन गर्ने गराउनेछ । 

छ) संघसँग समवन्धित अन्य विषयहरु

(बुँदा नंं ङ र च आवश्यकता छैन ।)

परिच्छेद ३

सदस्यता वर्गीकरण, शुल्क, सदस्यता प्राप्ति र समाप्ति

६. सदस्यताको वर्गीकरण

यस संघका देहाय बमोजिम ५ प्रकारका सदष्यहरुको वर्गीकरण गनरिएको छ । 

क) साधारण सदस्य

यस विधानको दफा ८ बमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले तोकिएको प्रक्रिया अन्तर्गत रही वडा समितिमा आवेदन दिई संघको सदस्यता प्राप्त गर्ने व्यक्ति साधारण सदस्य हुनेछ । 

ख) संस्थापक सदस्यः 

संघको  स्थापना गर्दाको तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरु संघको संस्थापक सदस्य हुनेछन् । 

ग) आजीवन सदस्यः

संघको विकास लागि विशेष सहयोग पुर्याउने व्यक्तिहरुलाई तोकिएको प्रक्रिया अन्तर्गत आजीवन सदस्यता प्रदान गरिनेछ । 

घ) संरक्षक सदस्यः

संघको विकासको लागि विशेष सहयोग पुर््याउने व्यक्तिलाई तोकिएको प्रक्रिया अन्तर्गत संरक्षक सदस्यता प्रदान गरिनेछ । 

ङ) मानार्थ सदस्यः

साधारण सभाको निर्णयले उपयूक्त ठानेको समाजसेवी, विशिष्ठ व्यक्ति, विद्धान लब्धप्रतिष्ठित व्यक्तित्वलाई मानार्थ सदस्य प्रदान गर्न सक्नेछ तर मानार्थ सदस्यहरुको मताधिकारको हक रहने छैन । 

७. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि

यस विकानको तफा ६ बमोजिम सदस्यहरुले देहाय बमोजिम उपदफामा तोएिको शुल्क तिरी सदस्यहता प्राप्त गर्न सक्नेछन । 

१) साधारण सदस्यः

क) साधारण सदस्य प्राप्त गर्न चाहने व्यक्तिलाई सम्वन्धित कार्यसमितिले आवेदन सहित प्रवेश शुल्क वापत रु. १०० लिई तोउिको प्रक्रिया अनुसार कार्यसमितिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सक्नेछ । 

ख) साधारण सदस्यले बार्षिक नविकरण शुल्क रु. १०० बुझाउनुपर्नेछ । 

ग) साधारण सदस्यता प्राप्त गर्ने सदस्यले प्रत्येक बर्ष असोज महिनाको समान्तभित्र नविकरण गरार्ई सक्नुपर्नेछ । नविकरणको म्याद समाप्त भएको तीन महिनाभित्र थप रु. १०० र त्यसपछिको हकमा थप रु. २०० दस्तुर बुझाई नवीरकण गर्न सक्नेछ । 

२) संस्थापक सदस्यः

क) यस संघ दर्ता हुँदाको बखत तदर्थ समितिमा रहेका पदाधिकारीहरु संस्थापक सदस्य हुनेछन् । 

ख) संस्थापक सदस्यहरु संघको स्वतः सदस्य मानिने छ र उहाँहरुले बार्षिक नविकरण गर्नुपर्ने छैन । 

३) आजीवन सदस्यः

संघमा आवेदन सहित एकमुष्ठ रु. २५ हजार मात्र सहयोगी दतालाई तोकिएको प्रक्रिया बमोजिम कार्यसमितिको निर्णले संघको आजीवन सदस्यता प्रदान गर्न सकिनेछ ।

४) संरक्षक सदस्यः

संघमा आवेदन सहित एकमुष्ठ रु १ लाख भन्दा माथी सहयोग गर्ने दातालाई तोकिएको प्रक्रिया बमोजिम कार्यसमितिको निर्णयले संघको संरक्षक सदस्यता प्रदान गर्न सक्नेछ । 

५) मानार्थ सदस्यः

नेपाल शेर्पा संघ तथा शेर्पा समुदायलाई हरतवरले योगदान गर्नुहुने समाजसेवी, विशिष्ठ, विद्धान तथा लब्धप्रतिष्ठित व्यक्तित्वलाई कार्यसमितिको निर्णयले संघको मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ । यस्तो सदस्यले सदस्यता वापत कुनै रकम बुझाउनु पर्नेछैन । 

८. सदस्यता प्राप्तिको लागि आवश्यक योग्यता

यस संघको सदस्यता प्राप्तिका लागि देहाय बमोजिमको योग्यता पुगेको हुनुपर्ने छः

क) नेपाली नागरिक भएको । 

ख) १८ बर्ष उमेर पूरा भएको शेर्पा जाति ।

ग) मानसिक सन्तुलन ठीक भएको । 

घ) सार्वजनिक सम्पतिी हिनामिना गरेको नठहरेको । 

ङ) कुनै पनि नैतिक पतन देखिने फौजदारी मुद्दा तथा भ्रष्टाचारको अभियोगमा सजाय नपाएको । 

९. संघको सदस्यता प्राप्त गर्न वा बहाल रहन नसक्ने अवस्था

देहायका अवस्थामा कुनैपनि व्यक्तिले संघको सदस्यता प्राप्त गर्न वा वहाल रहन सक्ने छैन । 

क) गैर नेपाली नागरिक । 

ख) १८ बर्ष उमेर पूरा नगरेको । 

ग) मानसिक अवस्था ठीक नभएको ।

घ) सार्वजनिक सम्पती हिनामिना गरेको ठहरेको । 

ङ) नैतिक पतन देखिने फौजदारी र भष्टाचारको अभियोगमा सजाय पाएको । 

च) सदस्यता शुल्क बुझाउन बाँकी भएको । 

१०. सदस्यताको समाप्ती

१) देहायको अवस्थमा कुनै व्यक्ति संघको सदस्यमा वहाल रहनेछैन । 

क) यस विधानको दफा ८ बमोजिम सदस्यता प्राप्त गर्न नसक्ने भएमा । 

ख) साधारण सभाबाट दुई तिहाई बहुमतले संघको सदस्य पदबाट हटाउने प्रस्ताव पास भएमा । 

ग) सदस्यको मृत्यु भएमा ।

घ) सदस्यले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमो । 

ङ) संघको काम कारवाहीमा वेइमानी वा वदनीयत चिताई कार्य गरेको कुरा प्रमाणित भएमा ।

च) कुनै पनि सदस्यले यस विधान बमोजिम संघले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा । 

छ) संघ विघटन भै खारेज भएमा । 

ज) सदस्यता तथा नवीकरण शुल्क बुझाउन बाँकी भएमा । 

२) कुनै पनि सदस्यलाई संघले सदस्य हुन वा वाहाल रहन अयोग्य ठहराउनु भन्दा अगाडी निजलाई स्पष्टिकरण पेश गर्ने मौकाबाट बञ्चित गरिने छैन । 

परिच्छेद ४

स्थानीय तहको गठन वैठक, अधिकार, सभा, काम, कर्तव्य र अधिकार

११. गाउँ÷नगरपालिका वडा कार्यसमितिको गठन 

गाउँ÷नगरपालिका वडा अधिवेशनको प्रतिनिधीहरु मध्येबाट क्षेत्रगत र कम्तीमका ३३ प्रतिशत महिला सहितको लैंगिक सन्तुलन मिलाई सर्वसम्मत वा निर्वाचन प्रक्रियाद्वारा निम्नानुसार ७ देखि बढीमा ९ जनासम्मको गाउँ÷नगरपालिका वडा कार्यसमितिको गठन हुनेछ । 

गाउँ÷नगरपालिका वडा संरचना

अध्यक्ष

निवर्तमान अध्यक्ष –पदेन सदस्य

उपाध्यक्ष

सचिव

कोषाध्यक्ष

सदस्य –कम्तीमा ३३ प्रतिशत महिलासहित १–३

मनोनित सदस्य

जम्मा ७–९ जना

गाउँ÷नगरपालिका वडा कार्य समितिको वैठकः

१) गाउँ÷नगरपालिका वडा कार्य समितिको वैठक निम्नानुसार वस्नेछ । 

क) गाउँ÷नगरपालिका वडा कार्य समितिको वैठक बर्षको कम्तीमा ३ पटक वस्नुपर्नेछ । 

वडा कार्यसमितिको वैठक हुने दिन, समय र विषयसूची खोली पदाधिकारीहरु र सदस्यहरुलाई वैठक हुने दिन भन्दा ७ दिन अगाडी नै सूचित गर्नुपर्दछ । 

ग) आकस्मिक वैठकको लागि २४ घण्टाको सूचना दिई वैठक बोलाउन सक्नेछ । 

घ) बर्षमा एक पटक पनि वैठक वस्न नसक्ने वडा कार्यसमितिलाई निष्क्रिय संगठनको रुपमा मूल्याङकन गरी सम्वन्धीत गाउँ÷नगरपालिकाको सिफारिसमा सम्वन्धित जिल्ला कार्यसमितिले विघटन गरी नयाँ कार्यसमिति गठन गर्न सक्नेछ । 

ङ) वडा कार्यसमिति वैठकको गणपूरक संख्याः

१) वडा कार्यसमितिको वैठकको लागि गणपूरक संख्या ५१ (सल्लाहकार बाहेक) प्रतिशत हुनेछ ।

२) गणपूरक संख्याको अभावमा सो वैठक, सभा र अधिवेशन हुन नसकेमा कार्यसमितिले निर्णय गरी अर्को वैठक बोलाउन सक्नेछ । यसरी दोस्रो पटक बोलाइएको वैठक, सभा र अधिवेशमा जति जनाको उपस्थिती संभव हुन्छ सोहीलाई नै गणपूरक संख्या मान्नु पर्नेछ । 

२) सचिवालय गठनः

संघको गतविधिलाई प्रभावरकाी रुपमा सञ्चालन गर्न आवश्यकता मशसु गरेमा वडा कार्यसमितिले पदाधिकारी र सदस्य सहित बढीमा ५ जनाको सचिवालय गठन गर्न सक्नेछ । सचिवालयले संघको कार्यसमितिले गर्ने दैनिक कार्य सञ्चालन र रेखदेख समेत गर्नेछ । 

१३. गाउँ÷नगरपालिका वडा समितिको काम, कर्तव्य र अधिकार 

क) अधिवेशन र सभाद्धारा पारित सिद्धान्त, नीति तथा कार्यक्रमको पालना र कार्यान्वयन गर्ने गराउने । ्ख) समितिको बार्षिक आय–व्यायको लेखापरीक्षण गराउने र आगामी बर्षको बजेट तर्जुमा गरी सम्बन्धित सभा तथा अधिवेशनमा अनुमोदनको लागि पेश गर्ने । 

ग) संघको विधान विपरीत कार्य गर्ने पदाधिकारी र सदस्यहरु माथि कारवाही गर्ने । 

घ) संघको उद्देश्य प्राप्तिको लागि विभिनन कार्यक्रमहरु तर्जुमा गरी सञ्चालन गर्ने गराउने । 

ङ) एक कार्यकालका लागि तोकिए बमोजिमको सल्लाहकारहरु मनोनित गर्ने । 

च) उपसमिति विभाग वा विशेष समितिहरु गठन गर्ने । 

१४. गाउँ नगरपालिका का वडा अधिवेशन

क) प्रत्येक ३ बर्षमा गाउँ÷नगरपालिा वडा अविधेशन हुनेछ । यस अधिवेशनले गाउँ नगरपालिका वडा समिति गठन गर्नेछ । प्रत्येक बर्षको कामको मूल्याङकन गर्ने, बजेट पारित गर्न र केन्द्र, प्रदेश समितिले निर्दिष्ट गरेको कार्यको अनुगमन समेत गर्न देहायको सदस्यहरु रहेको गाउँ नगरपालिका वडा अधिवेशन हुनेछ । 

ख) गाउँ÷नगर वडा अधिवेशनका सदस्यहरुः

१) गाउ÷नगरपालिका वडा समितिका पदाधिकारी सदस्यहरु सल्लाहकारहरु, साधारण सदस्यहरु, संस्थापक सदस्य, आजीवन सदस्य र संरक्षक सदस्यहरु

२) गाउँनगर वडा अधिवेशन तथा सभा सम्पन्न गर्न सहजीकरणका लागि एक तह माथिबाट आवश्यकता अनुसार प्रतिनिधीहरु खटाउनेछ । 

ग) गाउँ÷नगर वडा अधिवेशनको सूचनाः

गाउँ नगरपालिका वडा अधिवेशन हुने मिति, समय र स्थान तोकि छलफलको विषयसूची समावेश गरी सबै सदस्यहरुलाई ३५ दिन अगाडी नै सूचित गर्नुपर्नेछ । 

१५ गाउँ÷नगरपालिका वडा अधिवेशनको काम, कर्तव्य र अधिकार

क) दफा १७ को उपदफा (क), (ख) र (ग) मा उल्लेखित कार्यहरु गर्ने । 

ख) पदाधिकारीहरु एवं सदस्यहरुको निर्वाचन गरी सम्वन्धित समितिको गठन गर्ने । 

ग) विभिन्न सदस्यहरुबाट प्राप्त प्रस्ताव माथि छलफल गरी निर्णय गर्ने । 

घ) विशेष साधारणसभा, अधिवेशन र सभाद्धारा निर्दिष्ट समितिको विभिन्न कार्यहरु अनुगमन, समीक्षा र निर्णय गर्ने । 

ङ) प्रस्तावित प्रतिवेदन तथा घोषणापत्रहरु पारित गर्ने ।

१६. गाउँ÷नगरपालिका वडा बार्षिक साधारणसभा

१) गाउँ÷नगरपालिका वडा अधिवेशन प्रत्येक ३ बर्षमा मात्र हुने हुनाले प्रत्येक बर्ष गाउँ÷नगरपालिका वडा समितिको कार्यको मूल्याङ्कन गर्न, बार्षिक आय–व्ययको हिसाव हेर्न अधिेवशन र संघले निर्दिष्ट गरेको कामहरुको कार्यान्वयन गर्न र बजेट पारित गर्नलाई देहाय बमोजिम सदस्यहरु रहेको गाउँ तथा नगर वडा सभा गठन हुनेछन्ः

क) गाउँ÷नगरपालिका वडा समितिका पदाधिकारी, सदस्य र सल्लाहकारहरु

ख) गाउँ÷नगरपालिकाले पठाएका प्रतिनिधिहरु

२) आर्थिक बर्ष समाप्त भएको ३ महिना भित्र गाउँ तथा नगर सभा हुने स्थान, मिति र समय तोकि छलफलको विषयसूची समेत संलगन राखी सबै सदस्यहरुलाई २१ दिन अगाडी नै सूचित गर्नुपर्नेछ । 

१७. गाउँ÷नगरपालिका वडा बार्षिक साधारणसभाको काम, कर्तव्य र अधिकार

बार्षिक सधारण सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

क) कार्यसमितिले पेश गरेको योजना कार्यक्रम र बार्षिक बजेट पारित गर्ने ।

ख) लेखापरीक्षकले पेश गरेको बार्षिक लेखापरीक्षण प्रतिवेदनलाई अनुमोदन गर्ने । लेखापरीक्षण प्रतिवेदनबाट देखिएका बेरुजू रकमहरु माथि छलफल गरी नियमित गर्न नमिल्ने बेरुजू रकमहरु अशुल उपर गरी फछ्र्यौट गर्न कार्यसमितिलाई निर्देशन दिने । 

ग) आगामी आर्थिक बर्षको लागि लेखापरीक्षक नियूक्ति गर्ने 

घ) संघको बार्षिक कार्य प्रगती विवरण र संघले गरेको कार्यहरुको मूल्याङ्कन गरी कार्यसमितिलाई आवश्यक निर्देशन दिने । 

ङ) कार्यसमितिद्धारा पेश भएका विधान संशोधन तथा नियम विनियम स्वीकृत गर्ने । 

च) कार्यसमितिबाट संघको हित अनुकूल भएका काम कारवाहीहरुको औचित्य हेरी अनुमोदन गर्ने । 

छ) संघको आफ्नै आन्तरिक स्रोतबाट व्यहोर्ने गरी कार्यसमितिले पेश गरेको कर्मचारीहरुको दरवन्दी, पारिश्रमिक, भत्ता तथा अन्य सुविधाहरुमा आवश्यकता अनुरुप स्वीकृती प्रदान गर्ने । 

१८. गाउँ÷नगरपालिका गठन

क) स्थानीय तहको गठन गर्ने प्रयोजनको लागि गाउँपालिकामा गाउँपालिका वडा र नगरपालिकामा नगर वडा सहित प्रत्येक क्षेत्रलाई एक वडा कार्यसमिति मानी सो वडा कार्यसमिति प्रतिनिधीहरुको भेलाद्धारा स्थानीय तहमा गाउँपालिका÷नगरपालिका कार्यसमितिको गठन हुनेछ । 

ख) एक गाउँपालिका वा नगरपालिका भित्र दुई वटा वडा गठन भएमा मात्र गाउँपालिका वा नगरपालिका समिति गठन हुन सक्नेछ । 

ग) कुनै गाउँपालिका÷नगरपालिकामा सदस्य संख्या नपुगी गाउँ÷नगरपालिका समिति गठन हुन नसक्ने अवस्था भएमा दुई वा दुई भन्दा बढी गा.पा.÷न.पा. मा बसोवास गर्ने सदस्यहरुको संख्या जोडी कम्तीमा १०० जनसंख्या पुगेमा कुनै एक गा.पा. वा न.पा.का समिति गठन हुन सक्नेछ । 

घ) गाउँ÷नगरपालिका अधिवेशनको प्रतिनिधीहरु मध्येबाट क्षेत्रगत र कम्तीमा ३३ महिला सहितको लैंगिक सन्तुलन मिलाई सर्वसम्मत वा निर्वाचन प्रक्रियाद्धारा निम्नानुसार ९ जनादेखि बढीमा १३ जनासम्मको गाउँपालिका÷नगरपालिका कार्यसमिति गठन हुनेछ । 

गाउँ÷नगरपालिकागठन संरचना

अध्यक्ष

निवर्तमान अध्यक्ष –पदेन सदस्य

उपाध्यक्ष

सचिव

कोषाध्यक्ष

सदस्य –कम्तीमा ३३ प्रतिशत महिलासहित ३–७

मनोनित सदस्य

जम्मा ९–१३ जना

गाउँ÷नगरपालिका कार्य समितिको वैठकः

१) गाउँ÷नगरपालिका कार्य समितिको वैठक निम्नानुसार वस्नेछ । 

क) गाउँ÷नगरपालिका वडा कार्य समितिको वैठक बर्षको कम्तीमा ३ पटक वस्नुपर्नेछ । 

वडा कार्यसमितिको वैठक हुने दिन, समय र विषयसूची खोली पदाधिकारीहरु र सदस्यहरुलाई वैठक हुने दिन भन्दा ७ दिन अगाडी नै सूचित गर्नुपर्दछ । 

ग) आकस्मिक वैठकको लागि २४ घण्टाको सूचना दिई वैठक बोलाउन सक्नेछ । 

घ) बर्षमा एक पटक पनि वैठक वस्न नसक्ने वडा कार्यसमितिलाई निष्क्रिय संगठनको रुपमा मूल्याङकन गरी सम्वन्धीत गाउँ÷नगरपालिकाको सिफारिसमा सम्वन्धित जिल्ला कार्यसमितिले विघटन गरी नयाँ कार्यसमिति गठन गर्न सक्नेछ । 

ङ) गाउँ÷नगरकार्यसमिति वैठकको गणपूरक संख्याः

१) गाउँ÷नगरकार्यसमितिको वैठकको लागि गणपूरक संख्या ५१ (सल्लाहकार बाहेक) प्रतिशत हुनेछ ।

२) गणपूरक संख्याको अभावमा सो वैठक, सभा र अधिवेशन हुन नसकेमा कार्यसमितिले निर्णय गरी अर्को वैठक बोलाउन सक्नेछ । यसरी दोस्रो पटक बोलाइएको वैठक, सभा र अधिवेशमा जति जनाको उपस्थिती संभव हुन्छ सोहीलाई नै गणपूरक संख्या मान्नु पर्नेछ । 

२) सचिवालय गठनः

संघको गतविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यकता महशुस गरेमा गाउँ÷नगर कार्यसमितिले पदाधिकारी र सदस्य सहित बढीमा ७ जनाको सचिवालय गठन गर्न सक्नेछ । सचिवालयले संघको कार्यसमितिले गर्ने दैनिक कार्य सञ्चालन र रेखदेख समेत गर्नेछ । 

१३. गाउँ÷नगरपालिका समितिको काम, कर्तव्य र अधिकार 

क) अधिवेशन र सभाद्धारा पारित सिद्धान्त, नीति तथा कार्यक्रमको पालना र कार्यान्वयन गर्ने गराउने । ्ख) समितिको बार्षिक आय–व्यायको लेखापरीक्षण गराउने र आगामी बर्षको बजेट तर्जुमा गरी सम्बन्धित सभा तथा अधिवेशनमा अनुमोदनको लागि पेश गर्ने । 

ग) संघको विधान विपरीत कार्य गर्ने पदाधिकारी र सदस्यहरु माथि कारवाही गर्ने । 

घ) संघको उद्देश्य प्राप्तिको लागि विभिन्न कार्यक्रमहरु तर्जुमा गरी सञ्चालन गर्ने गराउने । 

ङ) एक कार्यकालका लागि तोएिक बमोजिमको सल्लाहकाहरु मनोनित गर्ने । 

च) उपसमिति विभाग वा विशेष समितिहरु गठन गर्ने । 

१४. गाउँ नगरपालिका अधिवेशन

क) प्रत्येक ३ बर्षमा गाउँ÷नगरपालिा अधिवेशन हुनेछ । गाउँ÷नगरपालिकामा गाउँ÷नगर अधिवेशन नै माथिल्लो अंग मानिनेछ । यस अधिवेशनले गाउँ÷नगरपालिका समिति गठन गर्नेछ । प्रत्येक बर्षको कामको मूल्याङकन गर्ने, बजेट पारित गर्न र केन्द्र, प्रदेश समितिले निर्दिष्ट गरेको कार्यको अनुगमन समेत गर्न देहायको सदस्यहरु रहेको गाउँ नगरपालिका वडा अधिवेशन हुनेछ । 

ख) गाउँ÷नगर अधिवेशनका सदस्यहरुः

१) गाउ÷नगरपालिकासमितिका पदाधिकारी सदस्यहरु सल्लाहकारहरु, साधारण सदस्यहरु, संस्थापक सदस्य, आजीवन सदस्य र संरक्षक सदस्यहरु

२) गाउँ÷नगरपालिकाको प्रत्येक वडाबाट वडा समितिको सिफारिसमा कम्तीमा ५ देखि ७ जना (३३ प्रतिशत महिला सहित) प्रतिनिधीले अधिवेशनमा भाग लिन सक्नेछन् ।

ग)गाउँ÷नगरपालिकाको अधिवेशन तथा सभा सम्पन्न गर्न सहजीकरणका गर्नका लागि जिल्ला समितिले जिल्लाबाट आवश्यकता अनुसार प्रतिनिधीहरु खटाउनेछ । 

घ) गाउँ÷नगरपालिका अधिवेशनको सूचनाः

गाउँ नगरपालिका अधिवेशन हुने मिति, समय र स्थान तोकि छलफलको विषयसूची समावेश गरी सबै सदस्यहरुलाई ३५ दिन अगाडी नै सूचित गर्नुपर्नेछ । 

२२. गाउँ÷नगरपालिका अधिवेशनको काम, कर्तव्य र अधिकार

क) दफा २४ को उपदफा (क), (ख) र (ग) मा उल्लेखित कार्यहरु गर्ने । 

ख) पदाधिकारीहरु एवं सदस्यहरुको निर्वाचन गरी सम्वन्धित समितिको गठन गर्ने । 

ग) विभिन्न सदस्यहरुबाट प्राप्त प्रस्ताव माथि छलफल गरी निर्णय गर्ने । 

घ) विशेष साधारणसभा, अधिवेशन र सभाद्धारा निर्दिष्ट समितिको विपिभन्न कार्यरु अनुगमन, समीक्षा र निर्णय गर्ने । 

ङ) प्रस्तावित प्रतिवेदन तथा घोषणापत्रहरु पारित गर्ने ।

२३.. गाउँ÷नगरपालिका बार्षिक साधारणसभा

१) गाउँ÷नगरपालिका अधिवेशन प्रत्येक ३ बर्षमा मात्र हुने हुनाले प्रत्येक बर्ष गाउँ÷नगरपालिका समितिको कार्यको मूल्याङ्कन गर्न, बार्षिक आय–व्ययको हिसाव हेर्न अधिवेशन र संघले निर्दिष्ट गरेको कामहरुको कार्यान्वयन गर्न र बजेट पारित गर्नलाई देहाय बमोजिम सदस्यहरु रहेको गाउँ तथा नगर सभा गठन हुनेछन्ः

क) गाउँ÷नगरपालिका समितिका पदाधिकारी, सदस्य र सल्लाहकारहरु

ख) वडा समितिका अध्यक्षहरु

ग) जिल्ला समितिले पठाएको पठाएका प्रतिनिधिहरु

२) आर्थिक बर्ष समाप्त भएको ३ महिना भित्र गाउँ तथा नगर सभा हुने स्थान, मिति र समय तोकि छलफलको विषयसूची समेत संलगन राखी सबै सदस्यहरुलाई २१ दिन अगाडी नै सूचित गर्नुपर्नेछ । 

१७. गाउँ÷नगरपालिका बार्षिक साधारणसभाको काम, कर्तव्य र अधिकार

बार्षिक सधारण सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

क) कार्यसमितिले पेश गरेको योजना कार्यक्रम र बार्षिक बजेट पारित गर्ने ।

ख) लेखापरीक्षकले पेश गरेको बार्षिक लेखापरीक्षण प्रतिवेदनलाई अनुमोदन गर्ने । लेखापरीक्षण प्रतिबवेदनबाट देखिएका बेरुजू रकमहरु माथि छलफल गरी नियमित गर्न नमिल्ने बेरुजू रकमहरु अशुल उपर गरी फछ्र्यौट गर्न कार्यसमितिलाई निर्देशन दिने । 

ग) आगामी आर्थिक बर्षको लागि लेखापरीक्षक नियूक्ति गर्ने 

घ) संघको बार्षिक कार्य प्रगती विवरण र संघले गरेको कार्यहरुको मूल्याङ्कन गरी कार्यसमितिलाई आवश्यक निर्देशन दिने । 

ङ) कार्यसमितिद्धारा पेश भएका विधान संशोधन तथा नियम विनियम स्वीकृत गर्ने । 

च) कार्यसमितिबाट संघको हित अनुकूल भएका काम कारवाहीहरुको औचित्य हेरी अनुमोदन गर्ने । 

छ) संघको आफ्नै आन्तरिक स्रोतबाट व्यहोर्ने गरी कार्यसमितिले पेश गरेको कर्मचारीहरुको दरवन्दी, पारिश्रमिक, भत्ता तथा अन्य सुविधाहरुमा आवश्यकता अनुरुप स्वीकृती प्रदान गर्ने । 

परिच्छेद–५

जिल्ला कार्यसमिति गठन, वैठक, सभा, अधिवेशन, काम, कर्तव्य र अधिकार

२५. जिल्ला कार्यसमितिको गठन

क) कुनैपनि जिल्लामा तिवटा गाउँ÷नगरपालिका समिति गठन भएको वा सो जिल्लामा कम्तीमा १००० (एक हजार) जनसंख्या पुगेको खण्डमा जिल्ला कार्यसमिति गठन हुनेछ । यसरी उल्लेखित गाउँपालिका वा नगरपालिका गठन वा उल्लेखित जनसंख्या नपुगी गठन हुन नसकेमा नजिको दुई वा दुई भन्दा बढी जिल्लाको जनसंख्या जोडि माथि उल्लेखित जनसंख्या पुगेमा जिल्ला समिति गठन हुन सक्नेछ । यसरी गन हुने जिल्ला समितिको हकमा बढी जनसंख्या भएको जिल्लाको नामबाट जिल्ला समितिको नाम रहनेछ । 

ख) जिल्ला अधिवेशनको प्रतिनिधीहरु मध्येबाट ३३ प्रतिशत महिला सहित लैंगिक सन्तुलन मिलाई सर्वसम्मत वा निर्वाचन प्रक्रियाद्धारा निमनुसार १७ देखि बढीमका २१ जना सम्मको जिल्ला कार्यसमिति गठन हुनसन्ेछ । 

जिल्ला कार्यसमिति संरचना

अध्यक्ष

निवर्तमान अध्यक्ष –पदेन सदस्य

उपाध्यक्ष

सचिव

सहसचिव

कोषाध्यक्ष

सहकोषाध्यक्ष

भातृ संगठनको अध्यक्ष (पदेन सदस्य)

सदस्य –कम्तीमा ३३ प्रतिशत महिलासहित २–६

१० मनोनित सदस्य २ जना

जम्मा १७–२१ जना

२६. जिल्लाकार्यसमितिको वैठकः

१) जिल्ला कार्य समितिको वैठक निम्नानुसार वस्नेछ । 

क) जिल्ला कार्य समितिको वैठक बर्षको कम्तीमा ३ पटक वस्नुपर्नेछ । 

जिल्ला कार्यसमितिको वैठक हुने दिन, समय र विषयसूची खोली पदाधिकारीहरु र सदस्यहरुलाई वैठक हुने दिन भन्दा ७ दिन अगाडी नै सूचित गर्नुपर्दछ । 

ग) आकस्मिक वैठकको लागि २४ घण्टाको सूचना दिई वैठक बोलाउन सक्नेछ । 

घ) बर्षमा एक पटक पनि वैठक वस्न नसक्ने वडा कार्यसमितिलाई निष्क्रिय संगठनको रुपमा मूल्याङकन गरी सम्वन्धीत प्रदेश समितिको सिफारिसमा संघीय कार्यसमितिले विघटन गरी नयाँ कार्यसमिति गठन गर्न सक्नेछ । 

ङ) जिल्ला कार्यसमिति वैठकको गणपूरक संख्याः

१) जिल्ला कार्यसमितिको वैठकको लागि गणपूरक संख्या ५१ (सल्लाहकार बाहेक) प्रतिशत हुनेछ ।

२) गणपूरक संख्याको अभावमा सो वैठक, सभा र अधिवेशन हुन नसकेमा कार्यसमितिले निर्णय गरी अर्को वैठक बोलाउन सक्नेछ । यसरी दोस्रो पटक बोलाइएको वैठक, सभा र अधिवेशमा जति जनाको उपस्थिती संभव हुन्छ सोहीलाई नै गणपूरक संख्या मान्नु पर्नेछ । 

२) सचिवालय गठनः

संघको गतविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यकता महशुस गरेमा जिल्ला कार्यसमितिले पदाधिकारी र सदस्य सहित बढीमा ९ जनाको सचिवालय गठन गर्न सक्नेछ । सचिवालयले संघको कार्यसमितिले गर्ने दैनिक कार्य सञ्चालन र रेखदेख समेत गर्नेछ । 

२७. जिल्ला कार्यसमितिको काम, कर्तव्य र अधिकार 

क) अधिवेशन र सभाद्धारा पारित सिद्धान्त, नीति तथा कार्यक्रमको पालना र कार्यान्वयन गर्ने गराउने । ्ख) समितिको बार्षिक आय–व्यायको लेखापरीक्षण गराउने र आगामी बर्षको बजेट तर्जुमा गरी सम्बन्धित सभा तथा अधिवेशनमा अनुमोदनको लागि पेश गर्ने । 

ग) संघको विधान विपरीत कार्य गर्ने पदाधिकारी र सदस्यहरु माथि कारवाही गर्ने । 

घ) संघको उद्देश्य प्राप्तिको लागि विभिन्न कार्यक्रमहरु तर्जुमा गरी सञ्चालन गर्ने गराउने । 

ङ) एक कार्यकालका लागि तोएिक बमोजिमको सल्लाहकाहरु मनोनित गर्ने । 

च) उपसमिति विभाग वा विशेष समितिहरु गठन गर्ने । 

२८. जिल्ला कार्यसमिति अधिवेशन 

प्रत्येक ३ बर्षमा कार्यसमितिले तोकेको मिति, समय र स्थानमा जिल्ला अधिवेशन सम्पन्न गरिने छ जसले जिल्ला समिति गठन गरीने छ । जिल्लामा जिल्ला अधिवेशन नै माथिल्लो अंग मानिनेछ । 

क)जिल्ला अधिवेशनका सदस्यहरुः

१) जिल्ला समितिका पदाधिकारी सदस्यहरु सल्लाहकारहरु, साधारण सदस्यहरु, संस्थापक सदस्य, आजीवन सदस्य र संरक्षक सदस्यहरु

२) जिल्ला भित्रका नगर वा गाउँ समितिका पदाधिकारीहरु

३) प्रत्येक भातृ संगठनबाट ३÷३ जना जिल्ला स्तरीय प्रतिनिधीहरु 

४) गाउँ÷नगरपालिका समितिबाट जनसंख्याको समानुपातिक रुपमा निम्न प्रतिनिधीहरुले प्रतिनिधित्व गर्न सक्नेछनः

क) १०० जना भन्दा कम जनसंख्या भएको स्थानीय तहबाट १ जना ।

ख) १०१ देखि ५०० जनासम्म जनसंख्या भएको स्थानीय तहबाट ३ जना । 

ग) ५०१ देखि  १००० जनासम्म जनसंख्या भएको स्थानीय तहबाट  ५ जना । 

घ) १००१ भन्दा माथि जतिसुकै जनसंख्या भएपनि स्थानीय तहबाट ७ जना । 

ख)जिल्ला अधिवेशनको सूचनाः

गाउँ नगरपालिका अधिवेशन हुने मिति, समय र स्थान तोकि छलफलको विषयसूची समावेश गरी सबै सदस्यहरुलाई ३५ दिन अगाडी नै सूचित गर्नुपर्नेछ । 

२२. जिल्ला अधिवेशनको काम, कर्तव्य र अधिकार

क) दफा ३१ को उपदफा (क), (ख) र (ग) मा उल्लेखित कार्यहरु गर्ने । 

ख) पदाधिकारीहरु एवं सदस्यहरुको निर्वाचन गरी सम्वन्धित समितिको गठन गर्ने । 

ग) विभिन्न सदस्यहरुबाट प्राप्त प्रस्ताव माथि छलफल गरी निर्णय गर्ने । 

घ) विशेष साधारणसभा, अधिवेशन र सभाद्धारा निर्दिष्ट समितिको विपिभन्न कार्यरु अनुगमन, समीक्षा र निर्णय गर्ने । 

ङ) प्रस्तावित प्रतिवेदन तथा घोषणापत्रहरु पारित गर्ने ।

३०.. बार्षिक जिल्ला साधारणसभा

१) जिल्ला अधिवेशन प्रत्येक ३ बर्षमा मात्र हुने हुनाले प्रत्येक बर्ष गाउँ÷नगरपालिका समितिको कार्यको मूल्याङ्कन गर्न, बार्षिक आय–व्ययको हिसाव हेर्न अधिवेशन र संघले निर्दिष्ट गरेको कामहरुको कार्यान्वयन गर्न र बजेट पारित गर्नलाई देहाय बमोजिम सदस्यहरु रहेको जिल्ला सभा गठन हुनेछ । जिल्ला सभाका सदस्यहरु देहाय बमोजिम हुनेछन्ः

क) जिल्ला समितिका पदाधिकारी, सदस्य र सल्लाहकारहरु

ख) सो जिल्ला अन्तर्गतका गाउँ÷नगर समितिका अध्यक्षहरु

ग) प्रदेश समितिले पठाएको पठाएका प्रतिनिधिहरु

घ) जिल्ला किदुकले तोकि पठाएका प्रतिनिधीहरु 

२)जिल्ला सभाको सूचनाः

आर्थिक बर्ष समाप्त भएको ३ महिना भित्र गाउँ तथा नगर सभा हुने स्थान, मिति र समय तोकि छलफलको विषयसूची समेत संलगन राखी सबै सदस्यहरुलाई २१ दिन अगाडी नै सूचित गर्नुपर्नेछ । 

३१. बार्षिक जिल्ला साधारणसभाको काम, कर्तव्य र अधिकार

बार्षिक सधारण सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

क) सम्बन्धित समितिद्धारा प्रस्तुत संघको बार्षिक आयव्याय लेखापरीक्षकको प्रतिवेदन माथि छलफल गरी निर्णय गर्ने । पेश गरेको योजना कार्यक्रम र बार्षिक बजेट पारित गर्ने ।

ख) सम्बन्धित समितिद्धारा प्रतिवेदन माथि छलफल गरी निर्णय गर्ने । 

ग) सम्बन्धित समितिद्धारा  प्रस्तुत गरेको आगामी बर्षको कार्यक्रम र बजेट माथि छलफल गरी अनुमोदन गर्ने ।

घ) सम्बन्धित समितिको पदाधिकारी वा सदस्यहरुको पद रिक्त हुन गएमा बाँकी अवधीको निमित्त आफूहरु मध्येबाट मनोनित गरी पद पूर्ति गर्ने । 

ङ) अधिवेशन र अघिल्लो सभाले निर्दिष्ट गरेका कामहरुको अनुगमन र समीक्षा गर्ने 

च) बजेट खै???????????

परिच्छेद–६

प्रदेश समिति गठन, वैठक, सभा, अधिवेशन, काम, कर्तव्य र अधिकार

३२. प्रदेश समिति गठन

क) कुनैपनि प्रदेशमा १० वटा गाउँ÷नगरपालिका समिति गठन भएको वा ५ वटा जिल्ला कार्यसमिति गठन भइसकेको वा प्रदेशभित्र ५००० जनसंख्या पुगेको खण्डमा प्रदेश समिति गठन हुनेछ । 

ख) प्रदेश अधिवेशनको प्रतिनिधीहरु मध्येबाट ३३ प्रतिशत महिला सहित लैंगिक सन्तुलन मिलाई सर्वसम्मत वा निर्वाचन प्रक्रियाद्धारा निम्नानुसार १९ देखि बढीमा २९ पदाधिकारी र सदस्यहरु भएको प्रदेश समिति गठन हुनसन्ेछ ।

प्रदेश कार्यसमिति संरचना

अध्यक्ष

निवर्तमान अध्यक्ष –पदेन सदस्य

उपाध्यक्ष (१ महिला सहित)

सचिव

सहसचिव

कोषाध्यक्ष

सहकोषाध्यक्ष

भातृ संगठनको अध्यक्ष (पदेन सदस्य)

सदस्य –कम्तीमा ३३ प्रतिशत महिलासहित २–६

१० मनोनित सदस्य (१ महिला सहित) ३ जना

जम्मा १९–२३ जना

३३. प्रदेश कार्यसमितिको वैठकः

१) प्रदेश कार्य समितिको वैठक निम्नानुसार वस्नेछ । 

क) प्रदेश कार्य समितिको वैठक बर्षको कम्तीमा २ पटक वस्नुपर्नेछ । 

प्रदेश कार्यसमितिको वैठक हुने दिन, समय र विषयसूची खोली पदाधिकारीहरु र सदस्यहरुलाई वैठक हुने दिन भन्दा ७ दिन अगाडी नै सूचित गर्नुपर्दछ । 

ग) आकस्मिक वैठकको लागि २४ घण्टाको सूचना दिई वैठक बोलाउन सक्नेछ । 

घ) बर्षमा एक पटक पनि वैठक वस्न नसक्ने वडा कार्यसमितिलाई निष्क्रिय संगठनको रुपमा मूल्याङकन गरी संघीय कार्यसमितिले विघटन गरी अर्को कार्यसमिति गठन गर्न सक्नेछ । 

ङ) प्रदेश कार्यसमिति वैठकको गणपूरक संख्याः

१) प्रदेश कार्यसमितिको वैठकको लागि गणपूरक संख्या ५१ (सल्लाहकार बाहेक) प्रतिशत हुनेछ ।

२) गणपूरक संख्याको अभावमा सो वैठक, सभा र अधिवेशन हुन नसकेमा कार्यसमितिले निर्णय गरी अर्को वैठक बोलाउन सक्नेछ । यसरी दोस्रो पटक बोलाइएको वैठक, सभा र अधिवेशमा जति जनाको उपस्थिती संभव हुन्छ सोहीलाई नै गणपूरक संख्या मान्नु पर्नेछ । 

२) प्रदेश कार्यसमिति सचिवालयः

संघको गतविधिलाई प्रभावरकारी रुपमा सञ्चालन गर्न आवश्यकता मशसु गरेमा जिल्ला कार्यसमितिले पदाधिकारी र सदस्य सहित बढीमा ११ जनाको सचिवालय गठन गर्न सक्नेछ । सचिवालयले संघको कार्यसमितिले गर्ने दैनिक कार्य सञ्चालन र रेखदेख समेत गर्नेछ । 

२७. प्रदेश कार्य समितिको काम, कर्तव्य र अधिकार 

क) अधिवेशन र सभाद्धारा पारित सिद्धान्त, नीति तथा कार्यक्रमको पालना र कार्यान्वयन गर्ने गराउने । ्ख) समितिको बार्षिक आय–व्यायको लेखापरीक्षण गराउने र आगामी बर्षको बजेट तर्जुमा गरी सम्बन्धित सभा तथा अधिवेशनमा अनुमोदनको लागि पेश गर्ने । 

ग) संघको विधान विपरीत कार्य गर्ने पदाधिकारी र सदस्यहरु माथि कारवाही गर्ने । 

घ) संघको उद्देश्य प्राप्तिको लागि विभिन्न कार्यक्रमहरु तर्जुमा गरी सञ्चालन गर्ने गराउने । 

ङ) आफ्नो कार्यकाल अवधीभर एक पटक तोकिए बमोजिमको सल्लाहकाहरु मनोनित गर्ने । 

च) उपसमिति विभाग वा विशेष समितिहरु गठन गर्ने । 

३५. प्रदेश समिति अधिवेशन 

प्रत्येक ३ बर्षमा कार्यसमितिले तोकेको मिति, समय र स्थानमा प्रदेश अधिवेशन सम्पन्न गरिने छ जसले ३ बर्षका लागि निर्वाचन प्रक्रियाद्धारा वा सर्वसम्मतीले पदाधिकारी र सदस्यहरुको निर्वाचन गरी प्रदेश समिति गठन गरीने छ । प्रदेशमा प्रदेश अधिवेशन नै माथिल्लो अंग मानिनेछ । 

१) प्रदेश अधिवेशनका सदस्यहरु देहाय बमोजिम हुनेछनः

क) प्रदेश समितिका पदाधिकारी सदस्यहरु र सल्लाहकारहरु,

ख) जिल्ला कार्य समितिका पदाधिकारी सदस्यहरु

ग) प्रत्येक भातृ संगठनबाट ३÷३ जना प्रदेशस्तरीय प्रतिनिधीहरु

घ) गाउँपालिका÷नगरपालिकाबाट तल देहाय अनुसारका प्रतिनिधीहरुले प्रतिनिधित्व गर्नेछन्ः

क) २०० जना भन्दा कम जनसंख्या भएको स्थानीय तहबाट १ जना ।

ख) २०१ देखि १००० जनासम्म जनसंख्या भएको स्थानीय तहबाट ३ जना । 

ग) १००१ देखि  ४००० जनासम्म जनसंख्या भएको स्थानीय तहबाट  ५ जना । 

घ) ४००१ देखि १०००० जनासम्म जनसंख्या भएको स्थानीय तहबाट  ७ जना ।  

ङ) १०००१ माथि जतिसुकै जनसंख्या भएपनि स्थानीय तहबाट ११ जना ।

ख) प्रदेश अधिवेशनको सूचनाः

गाउँ नगरपालिका अधिवेशन हुने मिति, समय र स्थान तोकि छलफलको विषयसूची समावेश गरी सबै सदस्यहरुलाई ३५ दिन अगाडी नै सूचित गर्नुपर्नेछ । 

३६. प्रदेशअधिवेशनको काम, कर्तव्य र अधिकार

क) दफा ३८ को उपदफा (क), (ख) र (ग) मा उल्लेखित कार्यहरु गर्ने । 

ख) पदाधिकारीहरु एवं सदस्यहरुको निर्वाचन गरी सम्वन्धित समितिको गठन गर्ने । 

ग) विभिन्न सदस्यहरुबाट प्राप्त प्रस्ताव माथि छलफल गरी निर्णय गर्ने । 

घ) विशेष साधारणसभा, अधिवेशन र सभाद्धारा निर्दिष्ट समितिको विपिभन्न कार्यरु अनुगमन, समीक्षा र निर्णय गर्ने । 

ङ) प्रस्तावित प्रतिवेदन तथा घोषणापत्रहरु पारित गर्ने ।

३७.. प्रदेश साधारणसभा

१) प्रदेशको अधिवेशन प्रत्येक ३ बर्षमा मात्र हुने हुनाले प्रत्येक बर्ष प्रदेश समितिको कार्यको मूल्याङ्कन गर्न, बार्षिक आय–व्ययको हिसाव हेर्न अधिवेशन र संघले निर्दिष्ट गरेको कामहरुको कार्यान्वयन गर्न र बजेट पारित गर्नलाई देहाय बमोजिम सदस्यहरु रहेको प्रदेश सभा गठन हुनेछ । प्रदेश सभाका सदस्यहरु देहाय बमोजिम हुनेछन्ः

क) प्रदेश समितिका पदाधिकारी, सदस्य र सल्लाहकारहरु

ख) सो प्रदेश अन्तर्गतका जिल्ला समितिका पदाधिकारी तथा नगरगाउँ समितिका अध्यक्षहरु

ग) संघीय कार्यसमितिले पठाएको पठाएका प्रतिनिधिहरु

घ) प्रदेशकिदुकले तोकि पठाएका प्रतिनिधीहरु 

२) प्रदेशसभाको सभा आर्थिक बर्ष समाप्त भएको ३ महिना भित्र गाउँ तथा नगर सभा हुने स्थान, मिति र समय तोकि छलफलको विषयसूची समेत संलगन राखी सबै सदस्यहरुलाई २१ दिन अगाडी नै सूचित गर्नुपर्नेछ । 

३८. प्रदेश साधारणसभाको काम, कर्तव्य र अधिकार

बार्षिक सधारण सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

क) कार्यसमितिले पेश गरेको योजना कार्यक्रम र बार्षिक बजेट पारित गर्ने ।

ख) लेखापरीक्षकबाट प्राप्त बार्षिक लेखा परीक्षण प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने र लेखापीरक्षण प्रतिवेदनबाट देखिएका बेरुजू रकमहरु माथि छलफल गरी नियमित गर्न नमिल्ने वेरुजु रकमहरु असुल उपर गरी फच्र्यौट गर्नका लागि कार्यसमितिलाई निर्देशन दिने । 

ग) अगामी बर्षका लागि लेखापरीक्षक नियूक्ति गर्ने ।

घ) संघको बार्षिक प्रगती विवरण र संघले गरेको कार्यहरुको मूल्याङकन गरी कार्य समितिलाई आवश्यक निर्देशन दिने । 

ङ) कार्यसमितद्धारा पेश भएका विधान संशोधन तथा नियम विनियम स्वीकृत गर्ने । 

च) कार्यसमितिबाट संघको हित अनुकूल भएका काम कारवाहीहरुको औचित्य हेरी अनुमोदन गर्ने । 

ङ) संघको आफ्नै स्रोतबाट व्यहोर्ने गरी कार्यसमितिले पेश गरेको कर्मचारीहरुको दरवन्दी, पारिश्रमिक, भत्ता तथा अन्य सुविधाहरुमा आवश्यकता अनुरुप स्वीकृती प्रदान गर्ने । 

परिच्छेद–७

संघीय कार्यसमिति गठन, वैठक, सभा, अधिवेशन, काम, कर्तव्य र अधिकार

३९. संघीय कार्यसमितिको गठन

संघीय महाधिवेशनको प्रतिनिधीहरु मध्ये ३३ प्रतिशत महिला सहित लैंगिक सन्तुलन मिलाई सर्वसम्मती र निर्वाचन प्रक्रियाद्धारा ३ बर्षका निमित्त बढीमा ३७ सदस्यहरु रहेको संघीय कार्यसमितिको गठन गरिनेछ । यसरी निर्वाचित वा सर्बसम्मती गर्दा संघीय संघ र त्यस मातहतका संघका पदाधिकारी र सदस्यहरुको सम्बन्धित अनुभव र शैक्षिक योग्यतालाई विशेष आधार मानिनेछ । 

संघीय कार्यसमिति संरचना

अध्यक्ष

निवर्तमान अध्यक्ष –पदेन सदस्य

बरिष्ठ उपाध्यक्ष

उपाध्यक्ष (२ महिला सहित)

महासचिव

उपमहासचिव

सचिव

कोषाध्यक्ष

सहकोषाध्यक्ष

१० भातृ संगठनको अध्यक्ष (पदेन सदस्य)

११ प्रदेश अध्यक्षहरु (पदेन सदस्य)

१२ सदस्य (कम्तीमा ३३ प्रतिशत महिलासहित)

१३ मनोनित सदस्य (१ महिला सहित) ३ जना

जम्मा ३७ जना

४०.संघीय कार्यसमितिको वैठकः

१) संघीय कार्य समितिको वैठक निम्नानुसार वस्नेछ । 

क) संघीय कार्य समितिको वैठक बर्षको कम्तीमा २ पटक वस्नुपर्नेछ । 

प्रदेश कार्यसमितिको वैठक हुने दिन, समय र विषयसूची खोली पदाधिकारीहरु र सदस्यहरुलाई वैठक हुने दिन भन्दा ७ दिन अगाडी नै सूचित गर्नुपर्दछ । 

ग) आकस्मिक वैठकको लागि २४ घण्टाको सूचना दिई वैठक बोलाउन सक्नेछ । 

घ) बर्षमा एक पटक पनि वैठक वस्न नसक्ने समितिलाई निष्क्रिय संगठनको रुपमा मूल्याङकन गरी संघीय कार्यसमितिले विघटन गरी अर्को कार्यसमिति गठन गर्न सक्नेछ । 

ङ) प्रदेश कार्यसमितिको वैठकको लागि गणपूरक संख्या ५१ (सल्लाहकार बाहेक) प्रतिशत हुनेछ ।

छ) गणपूरक संख्याको अभावमा सो वैठक, सभा र अधिवेशन हुन नसकेमा कार्यसमितिले निर्णय गरी अर्को वैठक बोलाउन सक्नेछ । यसरी दोस्रो पटक बोलाइएको वैठक, सभा र अधिवेशमा जति जनाको उपस्थिती संभव हुन्छ सोहीलाई नै गणपूरक संख्या मान्नु पर्नेछ । 

२) संघको सचिवालयः

संघको गतविधिलाई प्रभावरकारी रुपमा सञ्चालन गर्न आवश्यकता मशसु गरेमा जिल्ला कार्यसमितिले पदाधिकारी र सदस्य सहित बढीमा १५ जनाको सचिवालय गठन गर्न सक्नेछ । सचिवालयले संघको कार्यसमितिले गर्ने दैनिक कार्य सञ्चालन र रेखदेख समेत गर्नेछ । 

४१.संघीय कार्य समितिको पदाधिकारी तथा सदस्य हुनका लागि चाहिने योग्यताः

(१) संघीय अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र महासचिव हुनका लागि चाहिने योग्यताः

क) एक कार्यकाल संघीय कार्य समितिको कुनै पदाधिकारी तहमा रहर काम गरेको हुनुपर्ने छ । 

ख) एकै व्यक्ति  दुई कार्यकाल भन्दा बढी अध्यक्ष हुन पाउने छैन । 

२) संघीय पदाधिकारी हुनका लागि चाहिने योग्यताः

कुर्नै क कार्यकाल कम्तीमा संघीय कार्यसमितिको सदस्य पदमा रहेर काम गरेको हुनुपर्ने वा एक कार्यकाल प्रदेश कार्यसमितिको अध्यक्ष बनेर वा पूर्व जिल्ला कार्यसमितिको अध्यक्ष वा भातृसंगठनको अध्यक्ष बनेर एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ । 

३) संघीय कार्यसमितिको सदस्य हुनका लागि चाहिने योग्यताः

एक कार्यकाल प्रदेश कार्यसमितिको पदाधिकारी वा जिल्ला कार्यसमितिको पदाधिकारी वा गापा÷नपाको अध्यक्ष वा किदुगको संघीय अध्यक्ष भएर वा भातृसंगठनको पदाधिकारी भएर एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ । 

४२ संघीय कार्यसमितिको काम, कर्तव्य र अधिकार 

क) अधिवेशन र सभाद्धारा पारित सिद्धान्त, नीति तथा कार्यक्रमको पालना र कार्यान्वयन गर्ने गराउने । ्ख) समितिको बार्षिक आय–व्यायको लेखापरीक्षण गराउने र आगामी बर्षको बजेट तर्जुमा गरी सम्बन्धित सभा तथा अधिवेशनमा अनुमोदनको लागि पेश गर्ने । 

ग) संघको विधान विपरीत कार्य गर्ने पदाधिकारी र सदस्यहरु माथि कारवाही गर्ने । 

घ) संघको उद्देश्य प्राप्तिको लागि विभिन्न कार्यक्रमहरु तर्जुमा गरी सञ्चालन गर्ने गराउने । 

ङ) आफ्नो कार्यकाल अवधीभर एक पटक तोकिए बमोजिमको सल्लाहकाहरु मनोनित गर्ने । 

च) उपसमिति विभाग वा विशेष समितिहरु गठन गर्ने । 

छ) संघको चलअचल सम्पतीको प्रयोग, निरीक्षण तथा उचित निर्देशन पालना गर्ने गराउने । 

ज) संघका कार्यको अनुगमन गर्ने कर्मचारी नियूक्त तथा वर्खास्त गर्ने ।

झ) संघको कार्य समितिको निर्वाचनका लागि आवश्यक कार्य गर्ने । 

४३. संघीय महाधिवेशन 

प्रत्येक ३ बर्षमा कार्यसमितिले तोकेको मिति, समय र स्थानमा प्रदेश अधिवेशन सम्पन्न गरिने छ जसले कार्यसमितिका पदाधिकारी र सदस्यहरुको निर्वाचन गरी संघीय समिति गठन गरीने छ । केन्द्रमा संघीय अधिवेशन नै माथिल्लो अंग मानिनेछ । संघीय महाधिवेनका प्रतिनिधीहरु देहाय बमोजिम हुनेछनः

१) महाधिवेशनकाप्रतिनिधीहरुः

क) संघीय समितिका पदाधिकारी सदस्यहरु र सल्लाहकारहरु,

ख) प्रदेश कार्यसमतिले तोकी पठाइएका प्रतिनिधीहरु प्रत्येक प्रदेशबाट १० जनामा ३ जना महिला । 

ग) जिल्ला कार्य समितिले तोकी पठाइएका ३ जना (३३ प्रतिशत महिला) । 

घ) प्रत्येक भातृ संगठनबाट ५÷५ जना तोकी पठाइएका प्रतिनिधीहरु ।

घ) गाउँपालिका÷नगरपालिकाबाट जनसंख्याको आधारमा कम्तीमा ३३ प्रतिशत महिलसहित तोकिएको निम्नानुसारका प्रतिनिधीहरु स.घीय महाधिवेशनमा सहभागि हुनेछन

क) २०० जना भन्दा कम जनसंख्या भएको स्थानीय तहबाट १ जना ।

ख) २०१ देखि १००० जनासम्म जनसंख्या भएको स्थानीय तहबाट ३ जना । 

ग) १००१ देखि  ४००० जनासम्म जनसंख्या भएको स्थानीय तहबाट  ५ जना । 

घ) ४००१ देखि १०००० जनासम्म जनसंख्या भएको स्थानीय तहबाट  ७ जना ।  

ङ) १०००१ माथि जतिसुकै जनसंख्या भएपनि स्थानीय तहबाट ११ जना ।

च) पेशागत संघसंस्था र किदुगबाट सदस्य संख्याको आधारमा कम्तीमा ३३ प्रतिशत महिला सहित तल तोकिएका निम्नानुसारका प्रतिनिधिहरु सहभागि हुनेछन्ः

१) १०० जनासम्म सदस्य भएकालाई १ जना प्रतिनिधी । 

२) १०१ देखि २५० जना सम्म सदस्य भएकोलाई २ जना प्रतिनिधी । 

३) २५१ देखि ५०० जनासम्म सदस्य भएकोलाई ३ जना प्रतिनिधी । 

४) ५०१ भन्दा माथि जतिसुकै सदस्य भएपनि ४ जना मात्र प्रतिनिधी सहभागि हुन सक्नेछ । 

२) महाधिवेशनको सूचनाः

गाउँ नगरपालिका अधिवेशन हुने मिति, समय र स्थान तोकि छलफलको विषयसूची समावेश गरी सबै सदस्यहरुलाई ३५ दिन अगाडी नै सूचित गर्नुपर्नेछ । 

४४. संघीय महाधिवेशनको काम, कर्तव्य र अधिकार

क) दफा ४६ को उपदफा (क), (ख) र (ग) मा उल्लेखित कार्यहरु गर्ने । 

ख) पदाधिकारीहरु एवं सदस्यहरुको निर्वाचन गरी सम्वन्धित समितिको गठन गर्ने । 

ग) विभिन्न सदस्यहरुबाट प्राप्त प्रस्ताव माथि छलफल गरी निर्णय गर्ने । 

घ) विशेष साधारणसभा, अधिवेशन र सभाद्धारा निर्दिष्ट समितिको कार्यहरु अनुगमन, समीक्षा र निर्णय गर्ने । 

ङ) प्रस्तावित प्रतिवेदन तथा घोषणापत्रहरु पारित गर्ने ।

च) विधान संशोधन गर्ने । 

४५.. संघीय बार्षिक साधारणसभा र विशेष साधारणसभा

क) बार्षिक साधारणसभाः

१) संघीय कार्यसमितिको महाधिवेशन प्रत्येक ३ बर्षमा मात्र हुने हुनाले प्रत्येक बर्ष कार्यसमितिको कार्यको मूल्याङ्कन गर्न, बार्षिक आय–व्ययको हिसाव हेर्न अधिवेशन र संघले निर्दिष्ट गरेको कार्यहरुको अनुगमन गर्न संघको बार्षिक आय व्यायको हिसाव र बजेट पारित गर्नलाई देहाय बमोजिम सदस्यहरु रहेको बार्षिक साधारण सभा हुनेछ । 

ख) विशेष साधारण सभाः

विधानले तोके बमोजिम बार्षिक साधारण सभा समयमा हुन नसके वा कुनै उचित कारणवस विशेष साधारण सभा वस्न जरुरी ठानिए संघीय कार्य समितिको एक तिहाई सदस्यले विशेष साधारणसभाको माग गरेमा १५ दिनभित्र विशेष सधारण सभा बोलाउनु पर्नेछ तर विशेष साधारण सभा बसेको ६ महिना भित्र पुनः विशेष साधारण सभा वस्ने सक्ने छैन । 

ग) संघीय बार्षिक साधारणसभा वा विशेष साधारण सभा वा विशेष साधारणसभाका सदस्यहरुः

१) संघीय कार्य समितिका पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु । 

२) प्रदेशसमितिका पदाधिकारीहरु । 

३) जिल्ला समितिका पदाधिकारीहरु

४) भातृ संगठनको संघीय समितिले तोके बमोजिमका प्रतिनिधीहरु । 

५) स्थानीय तहका अध्यक्षहरु ।

६) किदुकको संघीय कार्यसमितिले तो बमोजिमका प्रतिनिधीहरु । 

घ) संघीय सभाको सूचनाः

आर्थिक बर्ष समाप्त भएको ३ महिनाभित्र सभा हुने स्थान, मिति र समय तोकी छलफलको विषयसूची समेत संलग्न राखी सबै सदस्यहरुलाई २१ दिन अगाडी नै सूचित गर्नुपर्नेछ । 

४६.संघीय साधारणसभाको काम, कर्तव्य र अधिकार

क) कार्यसमितिले पेश गरेको योजना कार्यक्रम र बार्षिक बजेट पारित गर्ने ।

ख) लेखापरीक्षकबाट प्राप्त बार्षिक लेखा परीक्षण प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने र लेखापीरक्षण प्रतिवेदनबाट देखिएका बेरुजू रकमहरु माथि छलफल गरी नियमित गर्न नमिल्ने वेरुजु रकमहरु असुल उपर गरी फच्र्यौट गर्नका लागि कार्यसमितिलाई निर्देशन दिने । 

ग) अगामी बर्षका लागि लेखापरीक्षक नियूक्ति गर्ने ।

घ) संघको बार्षिक प्रगती विवरण र संघले गरेको कार्यहरुको मूल्याङकन गरी कार्य समितिलाई आवश्यक निर्देशन दिने । 

ङ) कार्यसमितिबाट संघको हित अनुकूल भएका काम कारवाहीहरुको औचित्य हेरी अनुमोदन गर्ने । 

च) संघको आफ्नै स्रोतबाट व्यहोर्ने गरी कार्यसमितिले पेश गरेको कर्मचारीहरुको दरवन्दी, पारिश्रमिक, भत्ता तथा अन्य सुविधाहरुमा आवश्यकता अनुरुप स्वीकृती प्रदान गर्ने । 

परिच्छेद–८

केन्द्र, प्रदेश, जिल्ला र स्थानीय पदाधिकारी, सदस्य र सल्लाहकारहरुको काम, कर्तव्य र अधिकार

४७. संघीय पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार

१) अध्यक्षको काम, कर्तव्य र अधिकार

क) अध्यक्षले सम्वन्धित बैठक, सभा र महाधिवेशनको अध्यक्षता गर्ने । 

ख) समितिको रेखदेख र नेतृत्व प्रदान गर्ने । 

ग) विभिन्न प्रतिनिधि मण्डलको नेतृत् वगर्ने गराउने । 

घ) संघको चलअचल सम्पतीको हेरचाह गर्ने ।

ङ) सदस्यहरुको राजनीनामा स्वीकृत गर्ने गराउने । 

च) अनुशासनको कावाही गर्ने गराउने । 

छ) विभिन्न संघ संस्थासँग सम्बन्ध कायम मगर्ने । 

ज) निर्णायक मत दिने । 

झ) पदाधिकारी, सदस्य, विशेष समिति, उपसमित आदिको कार्यको अनुगमन र समन्वय गर्ने । 

ञ) विधानले तोकेको संख्यामा सदस्यहरु मनोनित गर्ने । 

ट) वैंक खाता सञ्चालन आवश्यक उपसमितिहरु गठन गरी सदस्यहरु वीच जिम्मेवारी दिने । 

ठ) कार्यसमितिद्धारा गरिएका निर्णयहरुको कार्यान्वयनमा रेखदेख र नियन्त्रण गर्न । 

ड) कुनै पदाधिकारीको अनुपस्थितीमा निजको पदीय जिममेवारी अर्को पदाधिकारी वा सदस्यलाई अख्तियारी दिने । 

ढ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम, वैठक लगायतमा संघको तर्फबाट प्रतिनिधित्व गर्ने गराउने । 

२) बरिष्ठ उपाध्यक्षको काम, कर्तव्य, अधिकारः

क) अध्यक्ष्को अनुपस्थितीमा निजले गर्ने सबै कामहरु गर्ने । 

ख) अध्यक्षले अधिकार प्रत्यायोजन गरेका कामहरु गर्ने । 

ग) आफू रहेको विशेष समितिमा रही कार्य गर्ने । 

घ) वैठकले तोकेको जिममेवारी वहन गर्ने । 

३) उपाध्यक्षको काम, कर्तव्य र अधिकार?

क) अध्यक्ष र बरिष्ठ उपाध्यक्ष्को अनुपस्तिीमा निजहरुले गर्ने सबै कामहरु गर्ने । 

ख) अध्यक्षले अधिकार प्रत्यायोजन गरेका कामहरु गर्ने । 

ग) आफू रहेको विशेष वजा उपसमितिमा रही कार्य गर्ने ।

घ) वैठकले तोको जिम्मेवारी वहन गर्ने । 

४) महासचिवको काम, कर्तव्य र अधिकारः

क) अध्यक्षसँग परामर्श गरी वैठकहरु बोलाउने । 

ख) वैठकका निर्णयहरुको माइनट तयार गरी–गराई सम्वन्धित व्यक्ति वा निकायलाई आवश्यकता अनुसार जानकारी गर्ने गराउने । 

ग) समितिका निर्याण्हरु कार्यान्वयन गर्ने गराउने । 

घ) कार्यालय सञ्चालन गर्ने गराउने । 

ङ) वैठक सभा, अधिवेशनहरुमा प्रतिवेदन पेश गर्ने । 

च) विशेष समिति र उप समितिहरु साग समन्वपय कायम राख्ने । 

छ) पदपूर्ति समितिको सिफारि र अध्यक्ष्को निर्देशन अनुसार पदपूर्ति गर्ने । 

ज) विल भौचरहरु स्वीकृत गर्ने । 

झ) समितिको आर्थिक अवस्था, समस्या र प्रगतीबारे अध्यक्षलाई जानकारी र राय दिने । 

ञ) संघीय समितिले आवश्यकता महशुस गरी तोकेमा तोकिएको सुविधा उपयोग गरी पूर्णकालिन रप्मा काम गर्ने । 

५) उप महासचिवको काम, कर्तव्य र अधिकारः

क) संघले गरेका निर्णयहरुमा महासचिवलाई सहयोग गर्ने । 

ख) महासचिवको अनुपस्थितीमा महासचिवले गर्ने सबै कामहरु गर्ने । 

६) सचिवको काम, कर्तव र अधिकार

क) उपमहासचिवको अनुपस्थितीमा उप महासचिवले गर्ने सबै कामहरु गर्ने । 

ख) उप महासचिवले अधिकरा प्रत्यायोजन गरेका कामहरु गर्ने । 

ग) आफू रहेको विशेष वा उप समितिमा रही कार्य गर्ने ।

घ) वैठकले तोकेको जिम्मेवारी वहन गर्ने । 

ङ) कार्यालय सञ्चालनमा सहयोग सहयोग पुर्याउने । 

७) कोषाध्यक्षको काम, कर्तव्य र अधिकारः

क) सघको आयव्यायको हिसाव अध्यावधिक दुरुस्त गरी राख्ने । 

ख) आर्थिक स्रोत जुटाउन विशेष क्रियाशिल रहने । 

ग) आय–व्यायको हिसाव लेखापरीक्षण गराई पेश गर्ने । 

घ) अध्यक्ष र महासचिवको राय समेत लिई आगामी बर्षको बजेट तयार गरी पेश गर्ने । 

ङ) वैंक खाता सञ्चालन गर्ने । 

च) संघको चल अचल सबै सम्पतीको अध्यावधिक अभिलेख खारी रेखदेख गर्ने ।

छ) चलअचल सम्पती तथा आय व्याय र आय स्रो सम्वन्धमा अध्यक्ष र महासचिवलाई जानकारी र राय दिने । 

ज) कार्य समिति तथा साधारण सभामा संघको बार्षिक बजेट तथा आर्थिक प्रतिवेदन पेश गर्ने । 

झ) संघको लेखा व्यवस्थित र नियन्त्रण गर्ने । 

८) सदस्यहरुको काम, कर्तव्य र अधिकारः

क) वैठक, सभा र अधिवेशनहरुमा संघको हितको लागि आफूलाई लागेको विचार प्रस्तुत गर्ने र विचार विमर्श गर्ने । 

ख) अध्यक्ष र समितिले तोकेको कायमहरु सम्पन्न गर्ने  गराउने । 

ग०) आफू रहेको विशेष वा उपसमितिमा रही कार्य गर्ने । 

घ) संघको आयसेत जुटाउन क्रियाशिल रहने । 

ङ) संघको हित विपरित कार्य हुन नदिने । 

९)  सल्लाहकारहरुको काम, कर्तव्य र अधिकार

क) समितिको वैठकहरुमा उपस्थित भई संघको वृहत्तर हितको लागि समितिलाई सल्लाह र सुझाव दिने । 

ख) सल्लाहकारहरु आफू सल्लाहकार रहेको समितिमा बाहेक सो समितिको समवन्धित सभा र अधिवेशनको स्वतः सदस्य हुने हुनाले निजहरुको कर्तव्य र अधिकार सो बमोजिम नै हुनेछ । ्

ग) आफू रहेको विशेष वा उपसमितिमा रही कार्य गर्ने । 

४८. प्रदेश पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार

१) अध्यक्षको काम, कर्तव्य र अधिकार

क) अध्यक्षले सम्वन्धित बैठक, सभा र महाधिवेशनको अध्यक्षता गर्ने । 

ख) समितिको रेखदेख र नेतृत्व प्रदान गर्ने । 

ग) विभिन्न प्रतिनिधि मण्डलको नेतृत्व वगर्ने गराउने । 

घ) संघको चलअचल सम्पतीको हेरचाह गर्ने ।

ङ) सदस्यहरुको राजीनामा स्वीकृत गर्ने गराउने । 

च) अनुशासनको कार्वाही गर्ने गराउने । 

छ) विभिन्न संघ संस्थासँग सम्बन्ध कायम मगर्ने । 

ज) निर्णायक मत दिने । 

झ) पदाधिकारी, सदस्य, विशेष समिति, उपसमित आदिको कार्यको अनुगमन र समन्वय गर्ने । 

ञ) विधानले तोकेको संख्यामा सदस्यहरु मनोनित गर्ने । 

ट) वैंक खाता सञ्चालन आवश्यक उपसमितिहरु गठन गरी सदस्यहरु वीच जिम्मेवारी दिने । 

ठ) कार्यसमितिद्धारा गरिएका निर्णयहरुको कार्यान्वयनमा रेखदेख र नियन्त्रण गर्न । 

२) उपाध्यक्षको काम, कर्तव्य, अधिकारः

क) अध्यक्षको अनुपस्थितीमा निजले गर्ने सबै कामहरु गर्ने । 

ख) अध्यक्षले अधिकार प्रत्यायोजन गरेका कामहरु गर्ने । 

ग) आफू रहेको विशेष समितिमा रही कार्य गर्ने । 

घ) वैठकले तोकेको जिम्मेवारी वहन गर्ने । 

३) सचिवको काम, कर्तव्य र अधिकारः

क) अध्यक्षसँग परामर्श गरी वैठकहरु बोलाउने र सम्वन्धित व्यक्ति वा निकायलाई आवश्यकता अनुसार जानकारी गर्ने गराउने । 

ख) वैठकका निर्णयहरुको माइनट तयार गरी–गराई सम्वन्धित व्यक्ति वा निकायलाई आवश्यकता अनुसार जानकारी गर्ने गराउने । 

ग) समितिका निर्याण्हरु कार्यान्वयन गर्ने गराउने । 

घ) कार्यालय सञ्चालन गर्ने गराउने । 

ङ) वैठक सभा, अधिवेशनहरुमा प्रतिवेदन पेश गर्ने । 

च) विशेष समिति र उप समितिहरु साग समन्वपय कायम राख्ने । 

छ) पदपूर्ति समितिको सिफारिर अध्यक्ष्को निर्देशन अनुसार पदपूर्ति गर्ने । 

ज) वैंक खाता सञ्चालन र विल भौचरहरु स्वीकृत गर्ने । 

झ) समितिको आर्थिक अवस्था, समस्या र प्रगतीबारे अध्यक्षलाई जानकारी र राय दिने । 

ञ) संघीय समितिले आवश्यकता महशुस गरी तोकेमा तोकिएको सुविधा उपयोग गरी पूर्णकालिन रप्मा काम गर्ने । 

४) कोषाध्यक्षको काम, कर्तव्य र अधिकारः

क) सघको आयव्यायको हिसाव अध्यावधिक दुरुस्त गरी राख्ने । 

ख) आर्थिक स्रोत जुटाउन विशेष क्रियाशिल रहने । 

ग) आय–व्यायको हिसाव लेखापरीक्षण गराई पेश गर्ने । 

घ) अध्यक्ष र महासचिवको राय समेत लिई आगामी बर्षको बजेट तयार गरी पेश गर्ने । 

ङ) वैंक खाता सञ्चालन गर्ने । 

च) संघको चल अचल सबै सम्पतीको अध्यावधिक अभिलेख खारी रेखदेख गर्ने ।

छ) चलअचल सम्पती तथा आय व्याय र आय स्रो सम्वन्धमा अध्यक्ष र महासचिवलाई जानकारी र राय दिने । 

ज) कार्य समिति तथा साधारण सभामा संघको बार्षिक बजेट तथा आर्थिक प्रतिवेदन पेश गर्ने । 

झ) संघको लेखा व्यवस्थित र नियन्त्रण गर्ने । 

(महासचिव नै नभएको ठाउँमा कुन महासचिव खोज्ने हो ?)

८) सदस्यहरुको काम, कर्तव्य र अधिकारः

क) वैठक, सभा र अधिवेशनहरुमा संघको हितको लागि आफूलाई लागेको विचार प्रस्तुत गर्ने र विचार विमर्श गर्ने । 

ख) अध्यक्ष र समितिले तोकेको कायमहरु सम्पन्न गर्ने  गराउने । 

ग०) आफू रहेको विशेष वा उपसमितिमा रही कार्य गर्ने । 

घ) संघको आयसेत जुटाउन क्रियाशिल रहने । 

ङ) संघको हित विपरित कार्य हुन नदिने । 

९)  सल्लाहकारहरुको काम, कर्तव्य र अधिकार

क) समितिको वैठकहरुमा उपस्थित भई संघको वृहत्तर हितको लागि समितिलाई सल्लाह र सुझाव दिने । 

ख) सल्लाहकारहरु आफू सल्लाहकार रहेको समितिमा बाहेक सो समितिको समवन्धित सभा र अधिवेशनको स्वतः सदस्य हुने हुनाले निजहरुको कर्तव्य र अधिकार सो बमोजिम नै हुनेछ । ्

ग) आफू रहेको विशेष वा उपसमितिमा रही कार्य गर्ने । 

४९. जिल्ला पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार

१) अध्यक्षको काम, कर्तव्य र अधिकार

क) अध्यक्षले सम्वन्धित बैठक, सभा र अधिवेशनको अध्यक्षता गर्ने । 

ख) समितिको रेखदेख र नेतृत्व प्रदान गर्ने । 

ग) विभिन्न प्रतिनिधि मण्डलको नेतृत्व गर्ने गराउने । 

घ) संघको चलअचल सम्पतीको हेरचाह गर्ने ।

ङ) सदस्यहरुको राजीनामा स्वीकृत गर्ने गराउने । 

च) अनुशासनको कार्वाही गर्ने गराउने । 

छ) विभिन्न संघ संस्थासँग सम्बन्ध कायम मगर्ने । 

ज) निर्णायक मत दिने । 

झ) पदाधिकारी, सदस्य, विशेष समिति, उपसमित आदिको कार्यको अनुगमन र समन्वय गर्ने । 

ञ) विधानले तोकेको संख्यामा सदस्यहरु मनोनित गर्ने । 

२) उपाध्यक्षको काम, कर्तव्य, अधिकारः

क) अध्यक्षको अनुपस्थितीमा निजले गर्ने सबै कामहरु गर्ने । 

ख) अध्यक्षले अधिकार प्रत्यायोजन गरेका कामहरु गर्ने । 

ग) आफू रहेको विशेष समितिमा रही कार्य गर्ने । 

घ) वैठकले तोकेको जिम्मेवारी वहन गर्ने । 

३) सचिवको काम, कर्तव्य र अधिकारः

क) अध्यक्षसँग परामर्श गरी वैठकहरु बोलाउने र सम्वन्धित व्यक्ति वा निकायलाई आवश्यकता अनुसार जानकारी गर्ने गराउने । 

ख) वैठकका निर्णयहरुको माइनट तयार गरी–गराई सम्वन्धित व्यक्ति वा निकायलाई आवश्यकता अनुसार जानकारी गर्ने गराउने । 

ग) समितिका निर्याण्हरु कार्यान्वयन गर्ने गराउने । 

घ) कार्यालय सञ्चालन गर्ने गराउने । 

ङ) वैठक सभा, अधिवेशनहरुमा प्रतिवेदन पेश गर्ने । 

च) विशेष समिति र उप समितिहरु साग समन्वपय कायम राख्ने । 

छ) पदपूर्ति समितिको सिफारिर अध्यक्ष्को निर्देशन अनुसार पदपूर्ति गर्ने । 

ज) वैंक खाता सञ्चालन र विल भौचरहरु स्वीकृत गर्ने । 

झ) समितिको आर्थिक अवस्था, समस्या र प्रगतीबारे अध्यक्षलाई जानकारी र राय दिने । 

ञ) संघीय समितिले आवश्यकता महशुस गरी तोकेमा तोकिएको सुविधा उपयोग गरी पूर्णकालिन रप्मा काम गर्ने । 

४) कोषाध्यक्षको काम, कर्तव्य र अधिकारः

क) सघको आयव्यायको हिसाव अध्यावधिक दुरुस्त गरी राख्ने । 

ख) आर्थिक स्रोत जुटाउन विशेष क्रियाशिल रहने । 

ग) आय–व्यायको हिसाव लेखापरीक्षण गराई पेश गर्ने । 

घ) अध्यक्ष र सचिवको राय समेत लिई आगामी बर्षको बजेट तयार गरी पेश गर्ने । 

ङ) वैंक खाता सञ्चालन गर्ने । 

च) संघको चल अचल सबै सम्पतीको अध्यावधिक अभिलेख खारी रेखदेख गर्ने ।

छ) चलअचल सम्पती तथा आय व्याय र आय स्रो सम्वन्धमा अध्यक्ष र सचिवलाई जानकारी र राय दिने । 

४) सदस्यहरुको काम, कर्तव्य र अधिकारः

क) वैठक, सभा र अधिवेशनहरुमा संघको हितको लागि आफूलाई लागेको विचार प्रस्तुत गर्ने र विचार विमर्श गर्ने । 

ख) अध्यक्ष र समितिले तोकेको कायमहरु सम्पन्न गर्ने  गराउने । 

ग०) आफू रहेको विशेष वा उपसमितिमा रही कार्य गर्ने । 

घ) संघको आयसेत जुटाउन क्रियाशिल रहने । 

ङ) संघको हित विपरित कार्य हुन नदिने । 

९)  सल्लाहकारहरुको काम, कर्तव्य र अधिकार

क) समितिको वैठकहरुमा उपस्थित भई संघको वृहत्तर हितको लागि समितिलाई सल्लाह र सुझाव दिने । 

ख) सल्लाहकारहरु आफू सल्लाहकार रहेको समितिमा बाहेक सो समितिको समवन्धित सभा र अधिवेशनको स्वतः सदस्य हुने हुनाले निजहरुको कर्तव्य र अधिकार सो बमोजिम नै हुनेछ । ्

ग) आफू रहेको विशेष वा उपसमितिमा रही कार्य गर्ने । 

५०. स्थानीय पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार

ङ) वैठक, सभा, अधिवेशनहरुमा प्रतिवेदन पेश गर्ने । 

परिच्छेद–९

भातृ संगठन, पेशागत संघ, संस्था, किदुक, विश्व शेर्पा संघ

५१. भातृ संगठनहरुको व्यवस्था

क) परिच्छेद २ दफा ४ को उद्देश्य र नीतिको प्रतिकूल नहुने गरी स्थापना वा गठन भएको शेर्पा समुदायसँग सम्बन्धित राष्ट्रियस्तरका धार्मिक सेवा केन्द्र, सांस्कृतिक, महिला, युवा, विद्यार्थी तथा सञ्चार आदि नेपाल शेर्पा संघको भातृ संगठन हुनेछन् । 

ख) भातृ संगठनहरु प्रभावकारी ढंगबाट शेर्पा समुदायको हितको निमित्त सञ्चालन भए नभएको सम्बन्धमा संघीय कार्यसमितिले आवश्यक अनुगमन र मूल्याङकन गर्दै अभिभावकको भूमिका निर्वाह गर्नेछ । 

ग) भातृ संगठनहरु संघमा संघीय कार्य समिति प्रदेश, जिल्ला र स्थानीय तहमा सोही समितिको मातहतमा रहनेछन् । भातृ संगठनको संघीय कार्यसमितिसँग सम्बन्ध जोड्ने दायित्व सम्बन्धित समितिको हुनेछ । 

घ) संघीय तहका भातृ संगठनहरुलाई आवश्यकता अनुसार आफ्नो कार्यालय सञ्चालन गर्नका लागि संघीय कार्यसमितिको भवनमा रहेको निश्चित कोठााहरु उपलब्ध गराउन सक्नेछ । उक्त कोठााहरु प्रयोग गरे वापत संघको कार्यसमितिले तोकेको खर्च व्यहोर्नुपर्नेछ । 

ङ) प्रदेश र स्थानीय तहहरुमा पनि संघको आफ्नै भवन बनेपछि सोही बमोजिम हुनेछ । 

च) भातृ संगठनहरुले संघको विधान अन्तर्गत रहेर संघीय कार्यसमितिमा दर्ता गरेर वा अ्रन्य सम्बन्धित निकायमा दर्ता गरिएको भए संघको विधान अनुसार संघको मातहतमा र संघमा आबद्ध रही संघको उद्देश्य अनुसार आफ्नो कार्यक्रमहरु स्वतन्त्र रुपमा सञ्चालन गर्न सक्नेछन् । 

छ) कुनै पनि भातृ संगठनले स्वइच्छाले चाहेमा तत्काल वा भविष्यमा संघीय शेर्पा संघमा समाहित हुन सक्नेछ । यसरी समाहित भइआएका भातृ संगठनले कार्यक्रमहरु शेर्पा संघले गठन गर्ने विभागहरु मार्फत गरिनेछ । 

ज) भाृत संगठनका अध्यक्ष शेर्पा संघको पदने सदस्य हुनेछ । 

झ) तत्कालिन भातृ संगठनको अध्यक्ष नै विभागीय प्रमु्ख हुनेछ । 

५२. पेशा÷व्यवशायगत संघ, संस्था, किदुग  आदि

शेर्पा समुदायसँग प्रत्यक्ष सरोकार राख्ने सम्वन्धित निकायमा दर्ता गरेका वा नगरेका पेशगागत संघसंस्था, किदुग आदिलाई संघीय शेर्पा संघको विधानको अधिन र प्रक्रियामा रही नेपाल शेर्पा संघ संघीय कार्यसमितले आबद्धतचा प्रदान गर्न सक्नेछ । यसरी आबद्ध भएका संघ संस्थाहरुले स्वतन्त्र रुपमा आ–आफ्नो उद्देश्य अनुसार क्रियाकलापहरु गर्न सक्नेछन् । 

५३. विश्व शेर्पा संघ

नेपाल शेर्पा संघले विधानको अधिनमा रही समुदायको सामाजिक उद्देश्य प्राप्तिको लागि विश्वका विभिन्न देशमा गठन भएका शेर्पा संघ संस्थाको साझा संस्था विश्व शेर्पा संघसँग नेपालबो तर्फबाट समन्वय गरी कार्य गर्नेछ । 

नेपाल शेर्पा संघको पहलमा विश्व शेर्पा संघ गठन भएको हुँदा विश्व शेर्पा संघलाई एउटा साझा मञ्चको रुपमा विकास गरिनेछ । विश्व शेर्पा मञ्च नेपाल शेर्पा संघकै एक अभिन्न अंगको रुपमा रहने र यसले विश्वभर रहेको शेर्पा संघसंस्थालाई समन्वय गरी नेपाल शेर्पा संघमा एकिकृत गर्न सघाउ पर्याउनेछ । 

परिच्छेद १०

निर्वाचन, शफथ, पूर्व स्वीकृती, विघटन, राजीनामा, अविश्वासको प्रस्ताव, रिक्त स्थान, संक्रामणकालिन व्यवस्था र बचाउन

५४. निर्वाचन

महाधिवेशन÷अधिवेशनबाट संघको गतिवधिलाई चुस्त, दुरुस्त र सशक्त राख्न देखायको प्रक्रिया अपनाई निर्वाचन गराउनु पर्नेछ । 

क) मौजुदा कार्यसमितिको अध्यक्ष वा अध्यक्षको अनुमति लिई महासचिवले निर्वाचन प्रयोजनको लागि अध्यक्ष मण्डलको नामावली अधिवशेन वा महाधिवेशनमा घोषण गर्नुपर्नेछ । अधयक्ष मण्डलको घोष्णा भएपछि कार्यसमित स्वत? भंग भएको मानिनेछ । 

ख) अध्यक्ष मण्डलको नामवली घोषा भएपछि अधयक्ष मण्डललाई कार्यकक्ष हस्तान्तरण गरी महाधिवेशनमा वा अधिवेशन आयोजक वा पूर्व कार्यमििितका पदाधिकारी तथा सदस्यहरु सहभागि प्रतिनिधी सरह महाधिशन वा अधिवशनमा भाग लिनु पर्नेछ । 

ग) अध्यक्ष मण्डल मध्येबाट १ जना अध्यक्ष तोक्ने र अध्यक्षले १ जना सचिव तोकी आवश्यक परे निर्वाचन समिति बनाई निर्वाचन सम्पन्न गराउने छ । 

घ) निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष मण्डलको अधयक्ष र सचिवले अनुसूची २ अनुसारको निर्वाचित भएको प््रमाण पत्र दिनुपर्ने छ। 

ङ) मनोनित सदस्यहरुलाई सम्वन्धित समितिका अध्यक्षले अनुसूचि ३ बमोजिमको प्रमाण पत्र दिनुपर्नेछ । 

५५. शपथ ग्रहण

क) नव निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष मण्डलका अध्यक्षले शपथ ग्रहण गराउनेछ । तर अध्यक्षद्धरा मनोनित सदस्यहरुको हकमा अध्यक्षले नै शपथ ग्रहण गराउनु् पर्नेछ । 

ख) सपथ गूहण अनुसूची १ बमोजिम हुनेछ । 

५६. पूर्व स्वीकृति लिनुपर्ने 

क) स.घको आर्थिक स्रोत बढाउन वा कुनै पनि कोष स्थापना गर्न अन्तर्राष्ट्रिय संघसंस्था वा राज्यबाट ऋण, अनुदान वा सहायता नगाद वा जिन्सी जुनसुकै रुपमा लिन वा स्वीकार गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिदनुपर्नेछ । 

५७. संघको विघटन र सम्पती हस्तान्तरण

कुनै पनि कारणबाट यस संघको विघटन भएमा यस संघको सम्पूर्ण चलअचल सम्पतीको स्वामित्व नेपाल सरकारमा हुनेछ । 

५८. राजीनामा

१) संघीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुले अध्यक्ष समक्ष र अध्यक्षले बरिष्ठ उपाध्यक्ष मार्फत कार्यसमितिमा राजीनामा दिनेछ । 

२) स्थानीय तह, जिल्ला र प्रदेशका पदाधिकराी तथा सदस्यहरुले अध्यक्ष समक्ष र अध्यक्षले सम्बन्धित समितिको उपाध्यक्ष मार्फत राजीनामा पेश गर्न सक्नेछन् । 

५९. अविश्वासको प्रस्ताव

क) स.घले तोको जिम्मेवारी वहन नगरेमा संघको मूल्य मान्यता विपरित गएमा वा सामाजिक अरुपमा नैतिक अचारणहीन कार्य गरेको प्रमाणित भएमा त्यस्तो सदइ उपर सम्बन्धित समितिको २५ प्रतिशत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गर्न सक्नेछन् ।र 

ख) यसरी दर्ता हुन आएको अविश्वासको प्रस्ताव उपर आवश्यक ाछाननविन गरी ३५ दिनभित्र सम्वन्धित समितिको वैठक बोलाई निर्णय गरी स्पष्टिकरण सोधनेछ । यस्तो निर्णय गर्दा अध्यक्षको उपर भए उपाधयक्ष र सो नभए महासचिव वा सचिवले वैठकको अध्यक्षता गर्नेछ । 

ग) अविश्वासको प्रस्ताव आथि छलफल गरी स्पष्टिकरणको चित्त बुझ्दो जवाप नआए सचिवालय वैठकको बहुमतले बढीमा ६ महिनासम्मको लागि निलब्मन गर्न सक्नेछ । तर, निष्कासन नै गर्नु परेमा सचिवालयको निर्णयलाई सम्बन्धित कार्यसमितिको बहुमतले अनुमोदन गर्नुपर्नेछ । यसरी कारवाही गरकेो व्यक्तिलाइृ सफाईको मौकाबाट बञ्चित गरिने छैन । 

६०. रित्त स्थानमा पदपूर्ति

कुनै कराणले संघको कुनैपनि तहमा हुन आउने रिक्त स्थानमा यस विद्यानमा अन्यत्र व्यवस्था भए बाहेक सम्बन्धित कार्यसमितिको बहुमतले पूर्ति गर्नेछ । 

६१. संक्रमणकालिन व्यवस्था

यो संशोधित विधान प्रारम्भ हुँदाको बखत कायम रहेको संघको सबै तहका सदस्य, पदाधिकारीहरु यस विधान अनुसार नयाँ निर्वाचन नभएसम्म कायम रहनेछन् । यो संशोधित विधान प्रारम्भ हुदाका खबत संघकोबाट मान्यता र समर्थन पाएका भातृ संगठनहरु कायमै रहनेछन् । 

६३. बचाउ

यो विधान लागू भएपछि संघको विधान २०५३ बमोजिम गरेका सबै काम कारवाहीहरु यसै संशोधित विधान अन्तर्गत भए गरेको मानिनेछ । 

परिच्छेद ११

संघको कोष

६३. आर्थिक स्रोत र कोष

संघको एउटा कोष हुनेछ र जसमा निम्न बमोजिमको रकम आम्दानी बाँधिनेछ । 

क) कुनै व्यक्ति, संघ संस्था आदिे स्वेच्छाले दिएको सहयोग उपहार, ऋण । 

ख) सरकारी सहयोग र अनुदान । 

ग) संघको चल अचल सम्पत्तिबाट आर्जित आम्दानी । 

घ) संघले आर्जन गरेको अनय रकम । 

ङ) सदस्यता शुल्क र दस्तुरबाट प्राप्त रकमहरु । 

च) अन्तर्राष्ट्रिय संघसंस्थाबाट प्राप्त ऋण, अनुदान आदि । 

छ) वैदेशिक सहायता ऋण वा अनुदान । 

६४. वैंक खाता सञ्चालन

संघको कोष नेपाल भित्रको कुनैपनि वैंक तथा वित्तीय संस्थाहरुमा बचत÷चल्ती र मुद्धती खाता खोली खाता सञ्चालन गरिनेछ । वैंक खाता सञ्चालन गर्ने कोषाध्यक्ष अनिवार्य र अध्यक्ष वा महासचिव मध्ये कुनै १ जना गरी २ जनाको संयूक्त दस्तखतबाट मात्र सञ्चालन गरिनेछ । 

६५. सानो नगदी कोष

संघको कार्य सञ्चालनार्थ बढीमा र. १००००। सम्म कोषाध्यक्षको जिम्ममा नगद मौज्दात राखी खर्च गर्न सक्नेछ । 

६६. अक्षय कोष स्थापना

क) शेर्पा जातिलाई राजनीतिक, प्रशासनिक, आर्थिक र सामाजिक क्षेत्रमा सहभागिता दिलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन शिक्षित जनशक्ति तयार गर्न विभिन्न संकायहरुमा अध्ययन गर्ने छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न र सामाजिक सेवामूलक कार्य गर्न एक अक्षयकोष स्थापना गर्न सक्नेछ । 

ख) माथि दफा क को उद्देश्य प्राप्तिको लागि नेपाल शेर्पा संघको सबै तहले अक्षयकोष स्थापना गर्न सक्नेछ । 

ग) अक्षयकोष सञ्चालन विधानको परिच्छेद ११ को दफा ६७ (ख) को प्रावधान  अनुरुप संघीय कार्यसमितिले नियमावली बनाई तोके बमोजिम हुनेछ । 

परिच्छेद १२

विधानमा सं्रशोधन गर्ने, नियम बनाउने अधिकार, बाधा अड्काउन फुकाउ र खारेजी

६७. विधान संशोधन

क) संघको वृहत्तर हितको लागि यस विधानलाई समयानुकुल परिमार्जन वा संशोधन गर्न परेमा संघीय कार्यसमितिको प्रस्तावमा बार्षिक साधारणसभा वा विशेष साधारण सभाद्धारा पारित गरी यस विधानमा संशोधन हुन सक्नेछ । 

ख) तर, यस विधानको मूल उद्देश्य विपरित कुनै संशोधन हुन सक्नेछैन । 

ग) दफा ६६( क) र (ख) को प्रक्रिया अपनाई संशोधन गरिएको विधान सम्बन्धित निकायबाट स्वीकृती प्राप्त भएपछि मात्र लागू हुनेछ । संशोधित विधान लागू नभएसम्म त्यस अघिकै विधान क्रियाशिल रहनेछ । 

घ) विधानको व्याख्या गर्ने अधिकार संघीय कार्यसमितिमा मात्र निहित रहनेछ । 

६८. नियम बनाउने अधिकार

क) संघको नियमहरु बनाउने अधिकार संघीय कार्यसमितिमा मात्र निहित रहनेछ । संघीय कार्यसमितिले बनाएका नियम विनियम तथा कार्यविधिहरु संघको सधारण सभा वा विशेष साधारण सभाबाट अनुमोदन गराउनु  पर्नेछ ।

ख) संघीय कार्यसमितिले निर्वाचन सम्वन्धि नियमावली, अनुशासन र आचरण सम्वन्धि नियमावली, आर्थिक कारोवार व्यवस्थि तगर्ने नियमावली, कर्मचारी प्रशासन सम्वन्धी नियमावली, कार्य विभाजन तथा अधिकार प्रत्यायोजन सम्वन्धिी नियमावली, विशेष समिति र उपसमिति सम्न्धिी नियमावली, छात्रवृत्ति प्रदान गर्ने र सामाजिक सेवामूलक कार्य गर्न स्थापना भएको अक्षयकोष सञ्चालन गर्ने नियमावली इत्यादि बनाई लागू गर्न सक्नेछ । 

ग) यी नियमहरु बनाउँदा संघीय कार्यसमितिले सल्लाहकार, विशेषज्ञ, प्राविधिकहरु लगायत प्रदेश, जिल्ला र स्थानीय समितिको राय–सल्लाह लिन सक्नेछ । 

घ) संघले बनाएका नियमहरु यस विधानसँग बाझिएमा स्वतः निष्क्रिय हुनेछ । 

६९. बाधा अड्काउ फकाउने 

क) यस संघले यो विधान लागू हुनु भन्दा अगाडी रहेका सबै काम कारवाहीहरु यसै विधान अन्तर्गत भए गरेको मानिनेछ । 

ख) यस विधानमा लेखिएका कुराहरु प्रचलीत नेपाल कानूनसँग बाझिएमा बाझिएको हदसम्म स्वतः निष्क्रिय हुनेछ । 

७०. विधानको खारेजी

यस संघको विधान २०७५ लागू हुनासाथ नेपाल शेर्पा संघको विधान २०५३( चौथो संशोधन २०७१) स्वतः खारेज भएको मानिनेछ । 

परिच्छेद १३

विभागीय प्रमुखको मनोनयन, जिम्मेवारी र काम कारवाही

७१. विभागीय प्रमुखको मनोनयन

अध्यक्षद्धारा समितिको सिफारिसमा केन्द्र, जिल्ला र स्थानयि तहको कार्यसमितिमा भातृ संगठनका अध्यक्षहरुलाई विभागिय प्रमुखहरुको रुपमा मनोनयन गरिनेछ । यसरी मनोनयन गर्दा संभव भएसम्म लैंगिक सन्तुलन कायम गरिनेछ । 

७२. विभागीय प्रमुखहरुको कार्य 

विभागीय प्रमुखहरुको मुख्य कार्य विभागको जिम्मा लिई कार्यसमितले तोको जिम्मेवारी वहन गर्दै सचिवालयको काममा सहयोग गर्नु हुनेछ । 

विभागिय प्रमुखहरुले मनोनयन भएको ६ महिना भित्र एक सदस्य सचिव सहित विधान अनुसार विभाग गठन गर्नु पर्नेछ । विभागीय सदस्यहरु स्वतः संघीय महाधिवशनको प्रतिनिधी हुनेछ । यस्तौ विभागिय सदस्यहरु छनौट गर्दा लैंगीक सन्तलन मिलाई क्षेत्रगत विज्ञता भएको शेर्पा समाजमा स्थापित व्यक्तित्वहरु मध्येबाट गर्नु पर्नेछ । विभागीय प्रमुखले सिफारिस गरेको तर क्षेत्रगत विज्ञता नभएको व्यक्तिलाई संघीय सचिवालयको बहुमतले ठहर गरेमा त्यस्तो नाम अनुमोदन हुनेछैन । 

७३. आवश्यक विभागहरुको गठन

संस्थाको कामलाई व्यवस्थित एवं प्रभावकारी ढंगबाट सञ्चालन गर्न संघको विधान बमोजिम आवश्यक विभागहरु गठन गरिनेछ । 

७४. अधिकार प्रत्यायोजन

संघको संघीय, प्रदेश, जिल्ला तथा स्थानीय कार्यसमितिले आफूलाई प्राप्त कुनै अधिकार निर्णयद्धारा कार्यकारी समितिको कुनै सदस्य वा साधारण सदस्यलाई दिन सक्नेछ तर सो बमोजिम भएको काम कारवाही कार्यसमितिको वैठकबाट अनिवार्य रुपमा अनुमोदन गर्नु गराउनु पर्नेछ । 

७५. निर्देशनको पालना

नेपाल सरकार वा सम्वन्धित निकायले समयसमयमा दिएको निर्देशनको पालना गर्नु संघको कर्तव्य हुनेछ ।