हार्दिक धन्यवाद !

(शेर्पा संघ एनएसडब्लु, अस्ट्रेलियासँग सम्वन्धित)

टासिलेदेक,

 

नेपाल शेर्पा संघ केन्द्रीय (संघीय) कार्यसमितिले आपतकालिन राहत कोष स्थापना गरी विभिन्न क्षेत्रमा आपतविपत परेका, दीर्घरोगी, आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गहरुलाई सहयोग गर्दै आइरहेको व्यहोरा सर्वविधितै छ । 

संघको यस अभियानलाई सफल पार्दै प्रवासमा रहेर नै आम नेपाली र शेर्पा समुदायको पीडामा मलम लगाउने, संघले सञ्चालन गरेको कार्यक्रममा समन्वय गर्ने र उपस्थिती जनाउने क्रम निरन्तर जारी छ । यसक्रममा शेर्पा संघ एनएसडब्लु (क्जभचउब ब्ककयअष्बतष्यल इा ल्क्ध्) अस्ट्रेलियाले हालै रु. १ लाख (अस्ट्रेलियन डलर १ हजार २ सय) राहत कोषमा जम्मा गर्नु भएकोमा संस्थाका सम्पूर्ण पदाधिकारी तथा सहयोगीमनहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

कोरोना महामारीले विश्व नै आक्रान्त बनाई रहेको अवस्थामा आफ्नो छाक कटाई खुल्ला हृदयले नेपालका पीडितहरुका हितमा सहयोग संकलन गरी योगदान दिनुहुने त्यहाँ रहेका अभियान्तहरुको कार्य अति प्रशांसनीय छ । 

विभिन्न समस्या तथा पीडामा रहेका नेपालीहरुको हितमा सहकार्य गर्न पाउँनु नेपाल शेर्पा संघका लागि गौरवको विषय हो । यस अभियानमा सहकार्यका लागि अन्य विभिन्न संघसंस्था, सहयोगीमनहरुमा आह्वान गर्दै शेर्पा संघ एनएसडब्लु प्रति कृतज्ञतासहित संस्थाको उत्तरोत्तर प्रगतीको कामना समेत व्यक्त गर्दछ । 


थुचिछे !

२०७७/०८/०४


गेल्जे लामा शेर्पा

केन्द्रीय अध्यक्ष